कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरामा आधुनिक कृषि व्यवसायमा किसान आकर्षक


बाजुरा , बैशाख २७ । बाजुराका कृषक आधुनिक कृषि क्षेत्रमा व्यवसाय बढ्दो आकर्षक रहेको छ । कृषि क्षेत्रमा लागेको १/२ वर्ष भएको छ । पहिला गाउँ घरमा परम्परागत कृषिमा काम गर्दा दुख धेरै हुने र आमदानी कम हुने हुँदा अहिले गाउँमा नयाँ प्रविधि ढङ्गले तरकारी खेती लगाउने गरेको छ ।
अहिले लि-वर्ड/रेरास परियोजना सस्थाको सहयोगबाट फर्सी, काउली, बन्दा, टमाटर, धनिया, प्याज, लसुन, र मुलाको बिउ उपलब्ध गराएर संगै फलाएको छ । बीउ मात्र नभए हरेक समयमा कृषि प्राविधिक सहयोग पाउदा गाउँका कृषकलाई मद्दत हुँदै आइरहेको हिमाली गाउँपालिका – ४ का हरिलाल भण्डारीले बताएका छन ।
पहिलो पटक टमाटर फलाएर २५ हजार सम्म घरमा आम्दानी भएको छ । केही काक्रा फलाएर प्रत्येक किलोग्राम २ सय रुपैयाँ खेतबारीबाट बेचेको हो । यो साल केही कारणले फलफूल तथा तरकारी घटेको छ । संस्थाले आधुनिक खेती संगै कृषि प्राविधिक ज्ञान् जानकारी पाएको छ ।
१ सय २० वटा बोट अट्ने टर्नेल एकदुई पाएका छौँ । गाउँमा टर्नेल उपलब्ध भएपछि तरकारी उत्पादन वृद्धि हुँदै गएको छ । यतिखेर पानीको अभावका कारणले घट्ने सम्भावना रहेकोे छ । तरकारी बेचेर आफू सहित बालबच्चा पढाई लेखाइ संगै घर खर्च धान्न सजिलो भएको कृषक भण्डारीले बताए ।
अहिले गाउँमा तरकारी हिमाली गाउँपालिकाले ट्रनेल दिएको छ । अहिले लि-वर्ड/रेरास परियोजना सस्थाको सहयोगबाट फर्सी, काउली, बन्दा, टमाटर, धनिया, प्याज, सिमी, लसुन, र मुलाको बिउ उपलब्ध गराएको छ । सबैभन्दा बढी प्याज पलाउने गरेको छ ।
खेतबारीमा उब्जाएको तरकारी बेचेर तेलतोरी फेर्न घरपरिवार चलाउन सकिएको छ । संस्थाले तरकारी बिउ साथै किटनाशक औषधि समेत दिएको छ । धेरै वर्षदेखि टमाटर, प्याज लगायत खेतीपाती गर्दै आएपनी बजारीकरण राम्रो पाएको छैन ।
कतिपय तरकारी किन्न करेसामा आउने गरेको केहि तरकारी धुलाचौर र कुवाडी बजारमा गएर बेच्ने गरेको छौँ । कहिलेकाही बिक्री नभए घरमा फर्काउने गरेको हिमाली गाउँपालिका – ४ नौराता कार्कीले बताएकी छन ।
सबैभन्दा बढी टमाटर उत्पादन धेरै हुने बजार सानो हुँदा बिक्री समस्या भएको कारणले नटिपेर रुखमा कुहिने गरेको छ । केहि टमाटर मात्र घरमा पुगेर बिक्रीवितरण गर्ने गरेको छ । पहिलेको कृषि खेती भन्दा अहिलेको आधुनिक कृषि क्षेत्रमा लगानी गर्दा खेर नजाने उत्पादन संगै आमदानी स्रोत वृद्धि हुने भएको कार्कीले बताएकी छन ।






















