भीम रावलको राजीनामा फिर्तापछी, के भन्छ सभामुखको सचिवालय ?

जगत ठाडा मगर
२०७८ साउन ८ | मध्यान्ह ०७:०४ बजे

काठमाडौ । भीम रावलको लिखित राजीनामा कुन कानूनका आधारमा सभामुखले फिर्ता गर्नुभएको हो ? यो प्रश्नमा संसद सचिवालयले राजीनामा संसदमा दर्ता नै नभएको बतायो ।
संसद सचिवालय स्रोतले भन्यो, राजीनामा दिइसकेर फेरि किन फिर्ता लिनुभयो भन्ने नैतिक प्रश्न भीम रावलमाथि उठ्न सक्ला, तर सभामुखको सचिवालयमा यो राजीनामा दर्ता भएकै थिएन । तथापि सभामुखकहाँ राजीनामा नआइपुगेको सचिवालयले तर्क गरे पनि शुक्रबार स्वयं सभामुखले नै रावललाई उनको लिखित राजीनामा फिर्ता दिँदै गरेको तस्बिर सार्वजनिक भएको छ ।
सचिवालय स्रोतले रातोपाटीसँग भन्यो, ‘विगतमा पनि सभामुखले सांसदको राजीनामा फिर्ता गरेको नजिर रहेछ, त्यही नजिरका आधारमा शुक्रबार रावलको राजीनामा फिर्ता गरिएको हो ।’






















