कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, धर्म–संस्कृति/रीतिथिति, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, विचार/ब्लग, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश
पर्यावरणसँग आदिवासीको सवाल


याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १० भकुण्डे,धौलेचउर,बागलुङ
९८४७६५७३००
पर्यावरणको सम्बन्ध मानव सभ्यता र वातावरण बिच एक अर्कासँग गहिरो रुपमा अन्योन्याश्रीत तरिकाले जोडिएको छ । पृथ्वी हाम्रो मात्र होइन, सम्पुर्ण जीव जगतको साझा स्वर्ग रुपी घर हो । तर अहिले विश्वमा नै औद्योगिकरण, अव्यवस्थित शहरीकरण र प्राकृतिक श्रोतहरुको अव्यस्थित दोहनले पृथ्वीको पर्यावरणीय सन्तुलन र प्राकृतिक सुन्दरता बिगार्दै लगेको अवस्था छ । जलवायु परिवर्तन, वायु, जल र माटो प्रदुषण, जैविक विविधताको विनाश र अनियन्त्रित विकास गतिविधिहरुले हाम्रो पृथ्वीमा रहेका जीव जन्तुहरुको अस्तित्वमा नै संकटमा पारिरहेको छ ।
विज्ञान र प्रविधिको विकासले जीवन सहज, समृद्धि र समुन्नत बनाएको छ तर त्यसकै गलत प्रयोगले वातावरणीय क्षति तिव्र बनाएको छ । कृत्रिम बौद्धिकता जस्ता प्रविधिहरुले मानव सभ्यतालाई नयाँ उचाइमा पुर्याउने सम्भावना छ तर यदि यो अनियन्त्रित फेक समाचार र सामाग्री उत्पादनमा लागि रहयो भने वातावरण संकट थपमा चुलिने खतरा रहन्छ । आधुनिक विज्ञान प्रविधि र वातावरण चेतना बिच सन्तुलन कायम गर्दै भविष्यको हरित निर्माण गर्नका लागि सम्भावनाको खोजी गर्नु विद्यमान समयमा अति आवश्यक छ ।
मानव सभ्यताको सुरुवात प्रकृतिसँगै भएको हो । आदिम समयमा मानव गुफामा बस्थ्यो, कन्दमुल खाएर जीवन धान्थ्यो र प्रकृतिलाई सम्मान गथ्र्यो । तर समयक्रमसँगै कृषि, उद्योग, नववर्तनको विकास र प्रविधिको विकास भयो, जसले मानवलाई प्रकृतिको राक्षसीशैलीमा उपभोक्ता मात्र होइन, नियन्त्रणकर्ता र संरक्षणकर्ता समेत बनाउन थाल्यो । औद्योगिक क्रान्तिपछि मानवीय गतिविधिहरु तीव्र गतिमा बढ्न थाले । वन विनाश, नदी प्रदूषण र अनियन्त्रित बाक्लो दरमा शहरीकरणले पर्यावरणीय असन्तुलन दु्रत गतिमा निम्त्यायो । अहिलेको डिजिटल युगमा विज्ञान र प्रविधिको द्रुत विकास र कृत्रितम बौद्धिकता प्रत्यक्ष र अप्रत्यक्ष रुपले जलवायु परिवर्तनको गति र परिवर्तन अझ बढाइरहेको छ ।
जलवायु परिवर्तन २१ औ शताब्दीको सबैभन्दा ठुलो चुनौती बढदो तापक्रम रहेको छ । विश्वको औसत तापक्रम हरेक दशक ०.२ डिग्री सेल्सियसका दरले बढदै छ । जसका कारण मुख्य रुपमा पृथ्वीमा जीव जन्तुको भावी दिनमा पृथ्वीमा स्थायी रुपमा दिर्घकालसम्म नहुने हो कि भन्ने चिन्ता सर्वत्र रहेको छ । तापमान वृद्धिको कारण मध्ये ग्रीन हाउसको वृद्धि, कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड उत्सर्जन अधिक मात्रामा भएको छ । जसका कारण लोपोन्मुख जडिबुटी, आदिवासी समुदायलाई प्रतिकार गरेर रक्षात्मक तरिकाले बाँच्नको लागि अनुकुलन वातावरण हुने प्रकृतिको अवस्थामा ह्रास तिव्र गतिमा भएको छ । त्यसै गरी वन विनाशका कारण कार्बन शोषण गर्ने रुखहरु कटान हुँदा वातावरणीय सन्तुलन गुम्दै जाने गर्दछ । औद्योगिक क्षेत्रका कारखानाबाट निस्कने धुवाँले वातावरण प्रदुषित बनाउँछ । यातायात प्रणालीमा इन्धनबाट चल्ने सवारी साधनहरुले ग्रीन हाउस ग्यास उत्सर्जन गर्छन । आजकल इलेक्ट्रीक गाडीहरुको उत्पादन र उपभोगमा बढी चासो र लगानी बढी रहेको छ । साथै जलवायु परिवर्तनले हिमनदीहरु पगल्ने, समुन्द्र सतह बढाउने, मौसम प्रणाली बिगार्ने र प्राकृतिक विपत्तीहरु निम्त्याउने खतरा बढेको छ । नेपालमा हिमालय क्षेत्रका हिउँ पग्लिएर बाढी र पहिरोको समस्या बढ्दै गएको छ । नेपालको कुमारी हिमाल भनेर चिनिने माछापुच्छ्रे हिमाल आज भन्दा १०, १५ वर्ष अगाडी हिउँले सेतो हुन्थ्यो तर आजभोलि बाहै्र महिना नै कालो पत्थर जस्तो देखिनुले पर्यावरण पर्यटनमा नराम्रो असर पार्ने हो कि भन्ने चिन्ता थपिएको छ ।
त्यसैगरि जैविक विविधता पृथ्वीको जीवनचक्र जस्तो मेरुदण्ड भएकोले वन्यजन्तु संरक्षणमा अहम भुमिका हुन्छ । पृथ्वीमा पाइने लाखौ जीवजन्तु, वनस्पति र सुक्ष्म जीवहरु आपसमा निर्भर छन् । तर वन विनाश, जलवायु परिवर्तन र मानव अतिक्रमणका कारण जैविक विविधता खतरामा परेको छ । झन आदिवासी समुदायका मानिसहरुको बसोबास स्थलहरु कम क्षमताका पुर्वाधार भएका कारण प्रत्यक्ष नकारात्मक असर पार्न सक्ने सम्भावना आकलन गर्न सकिन्छ । साथै नेपाल जैविक विविधताले सम्पन्न मुलुक हो । यहाँ गैडा, बाघ, हात्ती र नाउर जस्ता दुर्लभ बन्यजन्तु पाइन्छन । तर चोरी शिकारी, अवैध तस्करी र आवासीय क्षेत्रको विस्तारले यिनको अस्तित्व संकटमा पर्दैछन । यदि जैविक विविधताको रक्षा गरिएन भने पारिस्थितिक सन्तुलन बिग्रन सक्छ । पछिल्लो समयमा कृत्रिम बौद्धिकता जस्तो प्रविधिले आधुनिक विश्वको सबैभन्दा प्रभावशाली प्रविधि हो । कृत्रिम बौद्धिकताले वातावरणीय समस्या समाधानका लागि जलवायु पूर्वानुमान गरेर मौसम भविष्यबाणीलाई सुधार्र्दै प्राकृतिक विपत्तिबाट सुरक्षा प्रदान गर्न सक्छ । कृत्रिम बौद्धिकताले हरित उर्जा पवद्र्धनमा सहयोग गर्नका लागि सौर्य र पवन उर्जाको प्रभावकारीता बढाउन सक्छ । त्यसै गरि वन संरक्षणमा कृत्रिम बौद्धिकताले उपग्रह, इमेजरी र ड्रोन प्रविधिको माध्यमबाट वन फडानी ट्रयाक गर्न सकिन्छ । तर कृत्रिम बौद्धिकताको विकास र प्रविधिले नैतिक चुनौतीहरु नयाँ नयाँ साइबर अपराध समेत निम्त्याउन सक्छ । कृत्रिम बौद्धिक प्रणाली चलाउन आवश्यक डेटा सेन्टरहरुले ठुलो मात्रामा उर्जा खपत गर्नाले कार्बन उत्सर्जन बढाउँछ । तर कृत्रिम बौद्धिकता जस्ता नयाँ प्रविधिहरुको जिम्मेबारी र इमान्दारिता सहित सृजनात्मक र नियन्त्रणमुखी तरिकाले प्रयोग गरिएन भने झन आगामी दिनहरुमा वातावरणीय संकटलाई अझ डरलाग्दो रुपमा चर्काउन सक्छ ।
गाउँको हरियाली खोल्सा खाल्सीको मनोरम चिसो पानी, हरियाली खेतबारी तथा चिसो सर्रर बतास आउने गाउँले जिवनशैली प्रकृतीसँग नजिक छ । तर अहिले बसाइ सराइले शहरीकरणको चाप दिनदिनै बढदो भएका कारण ग्रामीण सौन्दर्य गुम्दै गएकोले खेती योग्य खेतबारी, जग्गाजमिन बाँझो हुने र पुराना ऐतिहासिक घरहरु भत्कने तथा गाऊँमा नयाँ घरहरु नबन्ने क्रम बढदो छ । गाउँहरुका खेतबारीमा बाँदर, बाघ, हात्ती लगायत अन्य बन्यजन्तुहरुबाट आक्रान्त बनेर मानिसहरु प्रत्यक्ष प्रभावित बनेका समाचार दिनहुँ जसो सुन्न र देख्न पाइन्छ । शहरीकरणले जगल फडानी गराउँदै र बढाउँदैछ । कृषि योग्य उमिन घरघडेरीमा परिणत हुँदैछ । शहरमा वायु प्रदुषण, ध्वनी प्रदुषण र जल प्रदुषणको समस्या बढ्दैछ । शहरीकरणलाई बातावरणमैत्री बनाउन वृक्षारोपण, हरित भवन निर्माण र दिगो पुर्वाधार विकासमा दोहोरयाउन आवश्यक छ । अव्यवस्थित विकास गतिविधिहरुले वातावरणमा प्रत्यक्ष क्षयीकरण गरी पहिरो,बाढीले मानव वस्तीमा खतरा निम्त्याएको छ । नेपालमा जलविद्युत, सडक निर्माण र खानी उत्खनन जस्ता परियोजनाहरु वातावणीय प्रभाव मुल्यांकन बिना धेरै जस्तो स्थानहरुमा राजनीतिक प्रभाव र दबावका कारण भएको पाउन सकिन्छ । जसका कारणले नेपालको ठुलो प्राकृतिक सौन्दर्य र धन सम्पत्तिहरु बिनाश भएको पाउन सकिन्छ । जलविद्युत आयोजनाहरुको निर्माणका कारण नदीको प्राकृतिक प्रवाह अबरुद्ध हुँदा माछा तथा जलचरको अस्तित्व खतरामा पर्छ । डोजर प्रवृत्ति अन्धाधुन्ध विकासे प्रवृत्तिले पहिरोको सम्स्या निम्त्याएको छ । खनिज उत्खनन जस्तै चुना, बालुवा, ढुङगा उखत्ननले जमिनको प्राकृतिक बनोटलाई असर पार्छ । विकास वातावरणमैत्री हुनुपर्छ । दिगो विकासका सिद्धान्तहरु अवलम्बन गरिनुपर्छ, जसले आर्थिक वृद्धि र पर्यावरणीय संरक्षणबीच सन्तुलन कायम गर्छ ।
वातावरणीय समस्याहरु समाधान गर्न तत्काल कदम चालेर प्रविधि, विज्ञान र दिगो नीतिहरु प्रयोग गर्दै वातावरण संरक्षणलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ । हामीले वृक्षारोपण अभियान तीव्र बनाउनु, नबीकरणीय उर्जामा लगानी गर्नु, प्लाष्टिकको प्रयोग घटाउनु, जैविक विविधता संरक्षणमा जोड दिनु पर्ने अवस्था सृजना भएको छ । समयमा नै सही र सार्थक प्रयास नचाल्ने हो भने भविष्यका पुस्ताले भयावह सकट भोग्नुपर्ने छ । जुन गल्ती क्षम्य हुदैन । भावी सन्ततीले आजका पुस्तालाई क्षम्य हुन नसक्ने गल्ती गरीरहनु बौद्धिक नागरिकहरुको क्रियाकलापले सुहाँउदैन । प्रविधि, चेतना र दिगो विकासको समुचित प्रयोग गर्र्दै हरित भविष्यको निर्माण दिने जनचेतना जनजनमा दिनुको अपरिहार्यता बनेको छ । हरेक रुखले स्वच्छ हावा दिन्छ, हरेक थोपा पानीले जीवन दिन्छ र प्रकृतिसँग मित्रता गरौ, हरित भिवष्य निर्माण गरौ भन्ने अभियान निरन्तर संचालन गर्नुपर्छ ।
धार्मिक परम्पराहरुले वातावरण संरक्षणमा महत्वपुर्ण भुमिका खेल्न सक्छ । हिन्दु धर्ममा तुलसी,पिपल, वाँस, बर, स्वामी, पैयुँ, र वटवृक्षलाई पवित्र रुख मानिन्छ । बौद्ध धर्ममा अर्हिसा, करुणा र पर्यावरण संरक्षणमा जोड दिन्छ । किराँत धर्ममा प्रकृति पुजा महत्वपुर्ण मानिन्छ । धार्मिक शिक्षालाई बैज्ञानिक सोचसँग जोड्दै बातावरण संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्छ ।
पर्यावरण र आदिवासी समुदायबीचको सम्बन्ध हजारौ वर्षदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको छ । पृथ्वीको इतिहासलाई हेर्दा आदिवासी समुदायहरु नै पर्यावरण संरक्षणको पहिलो संरक्षक थिए । विश्वभर आदिवासी समुदायीहरुले वातावरणीय स्रोतहरुको उपयोग गर्दा दीर्घकालीन सोच, सन्तुलित उपयोग र प्राकृतिकसँग साञ्जस्य स्थापित गर्र्दै आएका छन् । तर औद्यौगिकरण, शहरीकरण र विश्वव्यापीकरणको प्रभावले आदिवासी समुदायहरुको पर्यायवरणीय सम्बन्धमा विभिन्न चुनौती उत्पन्न भएका छन् । नेपालमा आदिवासी समुदायहरुको इतिहास निकै पुरानो छ । आदिवासी समुदायहरु प्रकृतिसँग सामञ्जस्य राख्दै कृषि,पशुपालन, जडिवुटी सकलन र परम्परागत शिल्पकलामा निर्भर रहँदै आएका छन् । नेपालमा १२५ थरीका आदिवासी जनजाति भएपनि मगर,गुरुङ, राई, लिम्बु, तामाङ,थारु, चेपाङ जस्ता आदिवासी समुदायहरुले पर्यावरण संरक्षणमा महत्वुर्ण योगदान छ । नेपालको मध्यकालीन इतिहास हेर्दा आदिवासी साइनो बोकेका समुदायहरु स्थानीय शासन प्रणालीमा नजिकबाट हिस्सामा थिए । ढिकी, जाँतो, धन्सार, दाम्लो, नाम्लो, डोरी, सिलौटो, र्खुर्पोटे, डोका, थुन्सो, डाला,त्रिशुल, कोरेसो, काम्लो, थेकी, झाक्री पुजा, कुल पुजा, गाऊँ पुजा, माटोको घैटो, हाडी, देउराली पुजा, सुनझाक्री जस्ता पुराना सामाग्री र मुल्य मायन्ताहरुको संरक्षणमा परम्परागत तरिकाले चलेको थियो । प्लाष्टिकको प्रयोग हुँदैन थियो । वन संरक्षणमा समेत जैविक विविधता जोगाउन महत्वपुर्ण भुमिका खेलेको पाइन्छ ।
नेपालका आदिवासी साइनोका समुदायले वातावरणीय चेतना बढाउने कार्य गर्दै आएको छ । जलविद्युत आयोजना, पर्यटन विस्तार, अवैज्ञानिक औद्योगिकरण र अव्यवस्थीत शहरीकरणका कारण आदिवासीहरुको परम्परागत भुमि संकुचित हुँदै गएको छ । तरपनि विभिन्न कानुनी र सामाजिक पहलहरुले आदिवासी समुदायलाई सशक्त बनाउने प्रयास गरेका छन् । आदिवासी समुदायको भविष्यका लागि पर्यावरणसँग जोडेर परम्परागत ज्ञान,शिपको संरक्षण गरेर संरक्षण पद्धतिलाई वैज्ञानकि रुपमा लिपिबद्ध समेत गर्नुपर्छ । कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरी आदिवासी समुदायको सहभागिता सुनिश्चित गर्नुपर्छ । आदिवासी समुदायलाई वातावरण संरक्षण गर्नका लागि स्थानीय समुदायलाई सशक्त बनाउनका लागि परियोजनाहरुमा नेतृत्वदायी भुमिका दिनुपर्छ । जैविक विविधताको सुरक्षाका क्षेत्रमा पर्ने वन तथा जलश्रोतहरुको संरक्षणका लागि दीर्घकालीन योजना ल्याइनुपर्छ । सविधान,कानुनले प्रत्याभूत गरेका अधिकारहरु सुनिश्चित गर्न सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय संस्थाहरु मिलेर काम गर्नुपर्छ । स्थानीय स्रोत र सम्पदाको संरक्षणका क्षेत्र जस्तै पर्यटन, वन तथा जल स्रोतहरु आदिवासी समुदायको स्वामित्वमा राखी दिगो विकासलाई प्रवद्र्धन गर्नमा आवश्यक छ । आदिवासी समुदायका लागि जैविक विविधता भएका देशहरुमा आदिवासी ज्ञानको उपयोग गरी दिगो विकासको अवधारणा अघि बढाउन आवश्यक छ ।
आदिवासी समुदायहरु परम्परागत रुपमा प्रकृतिसँग घनिष्ट सम्बन्ध राख्ने गर्दछन । जीवनशैली, संस्कार र परम्परा वातावरणमैत्री रहँदै आएको छ । आदिवासीहरुको कृषि पद्धति, बन जोगाउने परम्परा र जलस्रोतको व्यवस्थापन दिगो विकासको उत्कृष्ट उदाहरण पाइन्छ । संयुक्त राष्ट्रघीय अध्ययनहरुले आदिवासीहरुको परम्परागत ज्ञानलाई जलवायु परिवर्तनसँग जुध्न महत्वपुर्ण औजारको रुपमा लिएको छ । अमेजन वर्षावनमा आदिवासी समुदायहरु जलवायु परिवर्तन विरुद्ध संघर्षरत रहदै आएका छन् । नेपालमा थारु समुदायको वन संरक्षण अभियान प्रभावकारी भई जैविक विविधता जोगाउने काम गरेको छ । हिमाली क्षेत्रका आदिवासीहरु हिउँ पग्लने, जलस्रोत सुक्ने, खेतीयोग्य जमिन घट्ने समस्याबाट पिडित छन् । कुलो प्रणालीको प्रणाली विकास गरेर सिँचाई प्रणाली निर्माण गरी आदिवासी समुदायमा जल अधिकार र जलस्रोतको उपयोग समानुपातिक तरिकाले जलवायु मैत्री तरिकाले गरेका छन् ।
विश्वमा आदिवासी साइनो संरक्षण आन्दोलनमा क्तबलमष्लन च्यअप क्ष्यगह अमेरिकी आन्दोलनले पाइपलाइन निर्माणविरुद्ध आदिवासीहरुको विरोध भएको पाइन्छ । अमेजन आदिवासीहरुको वन संरक्षण अभियानमा बहुराष्ट्रिय कम्पनीहरुद्धारा हुने बन फडानी रोक्नको लागि आन्दोलन, आदिवासी भुमि अधिकार फिर्ता गर्नका लागि ीबलम द्यबअप आन्दोलनको चर्चा हुने गरेको पाइन्छ । नेपालमा चुरे संरक्षण अभियानका लागि थारु र मधेसी समुदायको नेतृत्व, कोशी टप्पु वन्यजन्तु आरक्ष संरक्षणमा थारु समुदायको भुमिका, लिम्बु समुदायको पहिचानसँग जोडिएको तमोर नदी बचाऊ आन्दोलन भएको पाउन सकिन्छ । हालसालै नेपालको प्रसिद्ध शक्तिपिथ ताप्लेजुङमा रहेको मुक्कुलथुङ ( पाथीभारा ) मन्दिरमा जाने केवलकार निर्माण गर्ने प्रक्रियामा राई, लिम्बु, तामाङहरुले हाम्रो आदिवासी साइनो जोडिएको मुक्कुलथुङको इतिहास, गौरव जोडिएको क्षेत्रमा परम्परागत ज्ञान र वातावरणीय नकारात्मक प्रभाव पार्ने भएकोले स्थानीय सरकार, नागरिक समाज, आदिवासी समुदायहरु आन्दोलन गरेर केवलकार निर्माण कार्य स्थगित हुन पुगेको अवस्था छ । भारतमा चिप आन्दोलन इ.स.१९७३ मा उत्तराखण्डमा नेतृत्वकर्ता सुन्दरलाल बहुगुणा, गौरा देवीले वन फडानीको विरोध र जगल संरक्षणमा अभियान संचालन गरेका थिए । रुखलाई अंगालो हाल्ने नीतिका कारण रुख काटने प्रयासमा गिरावट आई वन संरक्षण भएको थियो त्यसै गरी नर्मदा बचाओ आन्दोलन पनि गुजरात, मध्य प्रदेश, महाराष्ट्रमा मेधा पाटकरले नेतृत्व गरेर अहिंसात्मक आन्दोलन, कानुनी संघर्ष नीति अपनाएर गरेको पाइन्छ । जगल बचाओ आन्दोलन झारखण्डमा आदिवासी समुदायलाई वन अधिकार प्रदान गर्ने कानुनी सुधार भएको देखिन्छ । बेतलघाट आन्दोलन १९९० मा उत्तरखण्डमा अतिक्रमणकारी वन व्यवस्थापन नीतिको विरोधमा भएको पाइन्छ । नियामगिरी डोगरिया कोन्ध आन्दोलनले कोन्ध आदिवासीको पवित्र पहाडमा खानी उत्खनन गर्न खोज्दा शक्तिशाली आन्दोलन गरे ।
नेपालमा आदिवासी समुदायको साइनो जोडेर रैथाने ज्ञान र संरक्षण अभ्यास भएको पाइन्छ । थारु समुदायमा चुरेक्षेत्रको सरक्षण र पारस्परिक कृषि पद्धति, तामाङ तथा शेर्पा समुदायमा हिमाली क्षेत्रका भेगमा जलस्रोत र वन संरक्षणका लागि सामुदायिक नियम अपनाउँछन् । राई,लिम्बु समुदायमा मिथ ( साँस्कृतिक विश्वास ) को माध्यमबाट जगल र जलश्रोतहरु सुरक्षित राख्छन । चिसापानी बाँध परियोजना विरुद्ध विरोध, अरुण जलविद्युत परियोजनाको विरोधमा किपट परम्परा सामुदायिक भुमि व्यवस्थाका आन्दोलन गरेका थिए । अहिले कालीगण्डकी डाइर्भसन गरेर कालीगण्डकी नदिमा ठुला जलविद्युत आयोजना गर्ने समाचारहरु समेत आएको छ ।
आदिवासी साइनो अनुसार विश्वलाई आगामी दिनहरुमा सुरक्षित तरिका राख्नको लागि आदिवासी परम्परागत ज्ञान र पर्यावरण संरक्षण गर्ने ,आदिवासीकोे जल, जमिन, जंगल अधिकारका लागि संघर्ष गर्ने, ठुला विकास परियोजना विरुद्ध आदिवासी आन्दोलनहरु सचेतनापुर्वक गर्ने, आदिवासी अधिकार कानुन र वातावरण संरक्षणमा कमजोर धरातल भएकोले सशक्त तरिकाले गर्नमा लागि जरुरी भएको छ । यथास्थितिबादी एजेन्डा र विषयबस्तुमा लागेर शिक्षा र सीप विकासमा योगदान दिन सकिन्छ । न्याय, समानता र सामाजिक समावेशिताका लागि आवाज उठाउने, सरकारी नीति निर्माणमा सहभागिता जनाउने काम हुन्छ । स्थानीय कुषि, हस्तकला, जडिबुटी व्यवसायको क्षेत्रलाई बढावा दिने, सहकारी वा समुह बनाएर आर्थिक विकास गर्ने, इको टुरिजम वा सास्कृतिक पर्यटन प्रवद्र्धन गर्ने र पर्यटन व्यापारमा जोडी अगाडी बढ्ने योजना बनाउनु पर्छ । डिजिटल प्रविधि सिकेर आदिवासी साइनो अनुसारका संस्कृति र अधिकार बारेमा अनलाइन जागरण फैलाउने काममा निरन्तर लाग्नुको विकल्प छैन ।
आदिवासी साइनो अनुसार पर्यावरणका क्षेत्रमा जैविक कृषि र पारम्परिक खेतीको अभ्यास, वन व्यवस्थापनमा सामुदायिक भुमिका, जडिबुटी र प्राकृतिक उपचार प्रवद्र्धन गर्नुपर्दछ । स्थानीय नदी, कुवा, ढुगेधारा सफाइ र संरक्षण गर्ने, गाउँका सिंचाइ प्रणाली सुधार गरी सामुहिक श्रमदानलाई पुनःस्थापित गर्ने, चुरे,पहाड र हिमाली क्षेत्रमा भुक्षय रोक्न रुख रोप्ने अभियान चलाउने कार्यमा लाग्नुपर्दछ । त्यसैगरी धार्मिक र सांस्कृतिक कार्यमा प्लाष्टिक तथा हानिकारक पदार्थको प्रयोग घटाउने ,वनदेवी, जलदेवी, भुमिदेवी, देउराली पुजा जस्ता आदिवासी परम्परागत पूजामा पर्यायवरणीय सचेतना जोड्ने, पर्व, मेला र जात्राहरुमा प्राकृतिक श्रोतको दिगो प्रयोग सुनिश्चित गर्ने गर्नुपर्छ । पर्यायवरणीय सचेतना सम्बन्धी भिडियो, लेख,सामाजीक सञ्जाल पोष्टहरु मार्पmत जनचेतना फैलाउने, स्थानीय सरकार, गैरसरकारी संस्था वा अन्तराँष्ट्रिय सस्थासँग सहकार्य गरी वातावरण संरक्षण कार्यक्रम संचालन गर्ने काममा प्राथमिकता दिनुर्पछ । वन अधिकार, भूमि अधिकार र जलस्रोतमा आदिवासी हक सुनिश्चित गर्न दबाव समुह बनाउने, सरकारी तथा सामुदायिक नीति निर्माणमा आदिवासी दृष्टिकोण प्रस्तुत गर्ने र स्थानीय पर्यायवरणीय मुद्धामा सचेत भएर प्रशासनिक तथा न्यायिक माध्यमबाट समाधान खोज्ने योजना बनाउनुपर्छ । साथै स्थानीय बनस्पतिबाट हस्तकला, जडिबुटी व्यापार वा जैविक उत्पादन व्यवसाय सुरु गर्ने, पर्यावरणमैत्री निर्माणको प्रवद्र्धन गर्ने जस्तै परम्परागत ढुंगे वा माटोको घर निर्माणको पुनरुत्थान, इको टुरिजमको अवधारणा अघि बढाउने, जसले पर्यावरण र स्थानीय संस्कृतिलाई प्रवद्र्धन गर्नमा सहयोग गरेको हुन्छ ।
विश्वमा पर्यावरण क्षेत्रका आदिवासी क्षेत्रको भैराखेको लगानीबाट सोचे जस्तो प्रतिफल आउन सकेको अवस्था छैन । अबका आगामी दिनहरु पर्यावरणको दृष्टिमा आदिवासीसँगको साइनोको उत्थान र विकासमा खेर नजानेर गरी अति उत्तम तरिकाले गर्नमा ध्यान दिनुपर्छ । पृथ्वीमा बस्ने सबै प्राणीहरुको साझा घरलाई कसैले क्षयीकरण गर्ने हिम्मत राख्न सक्दैनौ । जस्तो अवस्थामा छ त्यस्तै संरक्षीत भएको अवस्थामा भावी पुस्तालाई बुझाउने जिम्मा अहिले हरेक नागरीकलाई रहेको छ । त्यसैले बढदो आधुनिकीकरण, विश्वव्यापीकरण तथा कृत्रिम बौद्धिकताले पहिलो प्राथमिकतामा आदिवासी साइनोसँग जाडिएका परम्परा, कला,सस्कृति, वस्तु र पद्धतिलाई आक्रमण गरेको पाइन्छ । त्यसैले पर्यावरण साहत्यि अध्ययन, अनुसन्धान गरेर लोप हुनबाट जोगाउन अति आवश्यक भएको अवस्था छ । कतिपय पर्यावरणसँग सम्बन्धी कार्यक्रमहरु जनसहभागितामा संचालन हुन नसकेको समाचारहरु सुन्नमा पाइन्छ । वृद्ध मानिस मरेपछि स्वत मृत्यु आत्मासँगै लिपिबद्ध नभईकन अमुर्त तरिकाले नै विलाएर वा हराएर जाने विद्यमान अवस्था छ । आदिवासी साइनोसँग जोडिएको धेरै कला, सस्कृति, पराम्परामा अभिलेखीकरण हुन नसकेको कारण मौखिक रुपमा कथ्यमा आधारित छ । ति कथ्य मौलिक सस्कृतिलाई सम्पत्तिको रुपमा जगेर्ना र संरक्षण गर्नमा अब ढिला गर्नुहुँदैन । बढदो विश्वव्यापीकरण र सुचना र प्रविधिका कारणले सिगो विश्व नै एक गाऊँको रुपमा भैरहेको समयमा भावी पुस्ताका लागि सन्तुलित र समुन्नत विकास भएको पृथ्वी हस्तान्तरण गर्ने दायित्व तपाई हाम्रो काँधमा आएको छ ।
विश्वमा पछिल्लो समयमा अमेरिकाको लसएञ्जलको बन तथा शहरमा लागेको डढेलाकोे कारण खर्बौ डलरको धनजनको क्षति हुनुका साथै बनजगलका थुप्रै चराचुरुगी, जनावरहरुको जैविकताका दृष्टिकोणले विनाश भएको छ । बनजगलमा भएको रुख, चरा,जनावारहरुको विनाशले प्रदुषण निम्त्याएर आदिवासी साइनोका हिसावले नकारात्मक प्रभाव पारेको छ । एटलान्टिक महादेशको हिउँहरु धेरै मात्रामा पग्लेर पानी समुन्द्रमा थपिदा थुप्रै समुन्द्रीय तटका देशहरु निकट भविष्यमा डुब्न सक्ने खतराले थुप्रै आदिवासी साइनो र सम्बन्धीत परम्परा, कला, सस्कृति, विकास निर्माण सदाका लागि विनाश हुने खतराबाट विश्वलाई जोगाउन जरुरी भएको छ । त्यसैगरि युक्रेन युद्धले त्यस क्षेत्रमा भएका आदिवासी साइनोसँग जोडिएका क्षेत्रहरुको तहसनहस विनासले पक्कै ठुलो आघात पुगेको पाउन सकिन्छ । त्यसै गरी सुनामी, भुकम्प जस्ता प्राकृतिक विनाशले समेत आदिवासी साइनोसँग जोडिएको क्षेत्रलाई बढी मात्रामा प्रभाव पारेरको हुन्छ । अबका दिनहरुलाई पर्यावरणसँग आदिवासी साइनोलाई अनुसन्धानमुलक खोज,शोध, लगानी, शिक्षा प्रदान गर्दै संग्राहलय निर्माणमा ध्यान दिनुपर्छ । पर्यावरण साहित्यमा आदिवासी साइनोको पक्षलाई पहिलो प्राथमिकतामा पारेर पृथ्वीलाई जीवजगतका लागि संरक्षण र सुरक्षित राख्नु पर्ने दायित्व राज्य, निजी, सहकारी र व्यक्तिमा हुनुपर्दछ ।


















