मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
लोकतान्त्रिक निर्माण व्यवसायी संघ बाजुराको अधिवेशन सम्पन्न, अध्यक्षमा रेग्मी


बाजुरा , बैशाख २५ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक निर्माण व्यवसायी संघ बाजुराको प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ । बिहिबार नेपाली काँग्रेसको पार्टी कार्यालय विपी स्मृति भवनमा उक्त अधिवेशन सञ्चालन गरिएको थियो । अधिवेशनको बन्दसत्रबाट बाट रामप्रसाद रेग्मीको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा रविन्द्र गिरी,दिपा बोहरा, महासचिवमा तिलक बहादुर शाह,उप-महासचिवमा तेजेन्द्र भण्डारी र लालबहादुर खड्का सर्वसम्मत चयन भएका छन् । यस्तै कोषाध्यक्षमा जनम धामी र सह-कोषाध्यक्षमा उमेश कार्की चयन भएका छन् ।लोकतान्त्रिक निर्माण व्यवसायी संघ बाजुराका संयोजक रामप्रसाद रेग्मीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेपाली काँग्रेस बाजुराका कार्यबाहक सभापति पदम बडुवाल प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सूचना तथा प्रचार प्रसार विभाग प्रमुख धनराज पण्डित,लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष प्रकाश सेठी,केन्द्रीय सदस्य लक्ष्मण स्वाँर,सुदूरपश्चिम प्रदेश संयोजक मदन कुँवर,कैलाली निर्माण व्यवसायी संघका सल्लाहकार जयबहादुर साउँद विशिष्ट अतिथी रहेका थिए ।
कार्यक्रममा निर्माण व्यवसायी र पार्टी भातृ संगठनका प्रमुुख तथा प्रतिनिधी र पत्रकारहरु सहभागी थिए ।सुरत शाहले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको नेविसंघ बाजुराका उपाध्यक्ष तपेश रावलले संचालन गरेको थिए ।






















