अपराध

भैरहवाबाट लागुऔषध गाँजासहित एक जना पक्राउ

नवलपुर टुडे
२०८२ बैशाख २५ | मध्यान्ह ०८:०१ बजे

भैरहवा । भैरहवाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका- ८ बस्ने वर्ष १८ को अर्मान अन्सारी रहेका छन ।

उनलाई सिद्धार्थनगर नगरपालिका- ८ बसडिलिया स्थितमा अबैध लागूऔषध बिक्री बितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरिएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएको छ ।

उनलाई बोरामा गाँजा लिईएर हिडिरहेको अबस्थामा शंका लागि चेकजाँच गर्नेक्रममा २ केजी गाँजा फेला पारी थप अनुसन्धानका लागि नियन्त्रणमा लिई अदालतमा पेश गरी ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य अगाइी बढाईएको कार्कीले बताए ।

कमेन्टहरु