परासीबाट लागुऔषध र करीब ३६ लाख रुपियाँसहित १ जना पक्राउ


नवलपरासी, बैशाख २५ । पश्चिम नवलपरासीबाट लागुऔषध र पैतिस लाख उनान्सय हजार आठ सय पैतिस रुपियाँसहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रामग्राम नगरपालिका- ६ पोखरापाली बस्ने बर्ष ५२”का प्रेम नाथ बनियाँ रहेका छन ।
उनले घर कोठाबाट लागुऔषध कारोबारी गर्ने गरेको गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो भैरहवाको टोली र जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको संयुक्त टोलीले उनको डेरा/कोठामा खानतलासी गर्दा टिनको बाकस भित्र लागुऔषध फेला पारी नियन्त्रणमा लिईएको हो ।
उनको कोठाबाट डाईजेपाम २ एमएल- २४ एम्पुल, फेनेग्रान- २ एमएल- २२ एम्पुल, बुप्रेनोर्फिन -२ एलएल- २१ एल्पुल, ओनेरेक्स १०० एमएल- ९ बोत्तल सिसि, नाईट्रोभेट – १० लेखेको ११ ट्याप्लेट, सिरिङ्ज ५ थान, विभिन्न कम्पनीका मोबाइल ९ थान, विभिन्न दरका नेपाली नोट रु. ३५ लाख ९९ हजार ८ सय ३५ रुपियाँ र शरीरमा खानतलासी गर्दा पाईन्टको अगाडि खल्तीमा लागुऔषध सेतो हिरोईन जस्तो देखिने सेतो धुलो ४९७ मिलिग्रामसमेत बरामद गरिएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिएको छ ।
निज बनियालाई २०८२/०१/२४ गतेदेखि लागुहुने गरि बिहीवार(आज) जिल्ला अदालत परासीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको थापाले बताए ।























