पाकिस्तानमा भारतको हमलासँगै दक्षिण एसियामा युद्धको त्रास

काठमाडौँ । भारतले पाकिस्तान प्रशासित कश्मीरमा मंगलबार राति हवाई हमला गरेपछि दुई देशबीचको तनाव थप बढेको छ। भारतीय रक्षा मन्त्रालयले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानलाई निसाना बनाएर हमला गरेको छ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतको हवाई हमला र सीमा नियन्त्रण रेखामा भएको गोलाबारीमा परी २६ जनाको मृत्यु र ४६ जना घाइते भएको बताएका छन्। त्यस्तै भारतका एक वरिष्ठ अधिकारीका अनुसार नियन्त्रण रेखा नजिकै भएको गोलीबारीमा भारततर्फ कम्तीमा १५ जनाको मृत्युसँगै ३२ जना घाइते भएका छन्।
भारतीय सेनाकी कर्नेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतको सशस्त्र बलले मंगलबार राति १ बजेर ५ मिनेटदेखि २५ मिनेटसम्म पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आक्रमण गरेको बताएकी छिन्।
भारतले यो आक्रमणलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ। भारतको रक्षा मन्त्रालयले हवाई हमलामा पाकिस्तान र पाकिस्तानको कब्जामा रहेको कश्मीरमा रहेका आतंकवादी संरचनालाई निसाना बनाइएको दाबी गरेको छ। पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिस्रीले ‘भारतको कारबाही निश्चित स्थान केन्द्रित र नापतौलपूर्ण’ भएको दाबी गरे।
भारतले सीमापारबाट भइरहेका हमलाहरूको जवाफ दिने र प्रतिरोध गर्ने आफ्नो अधिकार प्रयोग गर्दै पाकिस्तान प्रशासित कश्मीर र पाकिस्तानका ‘आतंकवादी संरचनाहरू’ मा हमला गरेको उनले बताए। मिस्रीले पहलगाममा भएको आतंककारी हमला बर्बर रहेको र त्यसको प्रत्युउत्तरमा हवाई हमला गरिएको जनाएका छन्।
गत अप्रिल २२ मा भारत प्रशासित जम्मु–कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलापछि भारत र पाकिस्तानबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ। उक्त हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। यो आतंककारी हमलामा पाकिस्तानको साथ रहेको भारतको आरोप छ। भारतका विदेश सचिव मिस्रीले पाकिस्तानले ‘आतंकवादीहरूको संरचना’ समाप्त गर्न कुनै कदम नचालेको आरोप पनि लगाए।
पाकिस्तानले जवाफी कारबाहीमा भारतका पाँचवटा लडाकु विमान खसालेको दाबी गरेको छ। भारतले पाकिस्तानको दाबीमा केही भनेको छैन। समाचार एजेन्सी बिबिसीले पनि स्वतन्त्र रूपमा यसको सत्यता पुष्टि नभएको जनाएको छ। समाचार एजेन्सी रोयटर्सले सार्वजनिक गरेको भिडियोमा पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भनेका छन्, ‘अहिलेसम्म म पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान खसालिएको छ।’
बिबिसी उर्दू सेवाका अनुसार जम्मु–कश्मीरको पोम्पोरमा एक विमानको भग्नावशेष भेटिएको छ। त्यो विमान दुर्घटनाग्रस्त भएको हो वा कसको हो भन्नेबारे अहिलेसम्म कुनै बयान आएको छैन। भारतले यसबारे अहिलेसम्म कुनै बयान दिएको छैन। पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई हमलापछि जम्मु–कश्मीरको सीमावर्ती इलाका पुंछ, राजौरी, मेन्ढर र उरी सेक्टरमा गोलाबारी भएको छ। गोलाबारीका कारण यी क्षेत्रमा त्रासको वातावरण छ।
चरमपन्थी संगठन जैस–ए–मोहम्मदले पाकिस्तानमा भारतले गरेको हवाई हमलामा संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्य र चार सहयोगी मारिएको जनाएको छ।
यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘शत्रुले पाकिस्तानका पाँच ठाउँमा कायरतापूर्ण हमला गरेको छ। पाकिस्तानलाई यसको कडा जवाफ दिने पूरा अधिकार छ र पाकिस्तानले कडा जवाफ दिइरहेको छ।’
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बिबिसी उर्दू सेवासँग भनेका छन्, ‘भारतले आतंकवादी अखडाहरूलाई निसाना बनाएको दाबी गरिरहेको छ। म अन्तर्राष्ट्रिय मिडियालाई आग्रह गर्छु कि उनीहरू आफैं आएर ती सबै ठाउँ हेरून्। निसानामा नागरिक बस्ती थिए। दुई मस्जिद थिए। एक बच्चा, एक महिला सहिद भएका छन्।’
भारतको हवाई हमलापछि कश्मीरसँग जोडिएको नियन्त्रण रेखा क्षेत्रको अवस्था तनावपूर्ण बनेको बिबिसीले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय अपरेसन ‘लाजमर्दो’ भएको प्रतिक्रिया दिएका छन्। ‘म यो चाहन्छु, यो तनाव धेरै चाँडो समाप्त होस्।’
अमेरिकाकास्थित भारतीय दूतावासले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकाका आफ्ना समकक्षीका साथै विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी गरेको र कारबाहीबारे जानकारी गराएको जनाएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाही अत्यन्त चिन्ताजनक रहेको’ बताएका छन्। ‘महासचिव गुटेरेसले दुवै देशलाई अधिकतम संयम अपनाउन आग्रह गर्नुभएको छ। विश्वले अर्को भारत–पाकिस्तान सैन्य टकरावको जोखिम उठाउन सक्दैन,’ गुटेरेसलाई उद्धृत गर्दै उनका प्रवक्ताले भनेका छन्।
पुंछका स्थानीय बासिन्दा जमरूद मुगलले गोलाबारीपछि ‘मानिस अस्पताल र अन्य सुरक्षित स्थानमा गइरहेको’ बिबिसीलाई बताएका छन्।