अपराध

स्रोत नखुलेको ४० लाख ३२ हजार रुपैयाँसहित दुई जना पक्राउ

नवलपुर टुडे
२०८२ बैशाख २४ | मध्यान्ह १२:०१ बजे

काठमाडौं । काठमाडौं प्रहरीले स्रोत नखुलेको ४० लाख ३२ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले गए राति भारतीय नागरिक सुरज दत्त र रूपन्देही देवदह नगरपालिका–१५ का धर्मप्रसाद ढकाललाई पक्राउ गरेको हो ।

उनीहरूलाई न्युरोडस्थित विशाल बजारको भुइँतलाबाट पक्राउ गरिएको परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए । तीनदिन अघिमात्रै परिसरको टोलीले नै सिनामंगलबाट ९५ लाख रपैयाँसहित चार जनालाई पक्राउ गरेको थियो ।

पछिल्लो समय स्रोत नखुलेको रकमको कारोबार हुने सूचनापछि प्रहरीले विशेष टोली खटाएको छ ।

कमेन्टहरु