गण्डकी प्रदेशमा कांग्रेसले छान्यो तीन मन्त्री, दोबाटेको ठाउँमा विन्दुकुमार थापा चयन

जगत ठाडा मगर
२०७८ साउन ८ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले विन्दु कुमार थापालाई दोबाटे विकको ठाउँमा मन्त्री बनाउने निर्णय गरिएको छ ।
यसअघि विकको नाम चयन गरेको कांग्रेसलेपछि फेरि उनको नाम हटाएर थापालाई मन्त्री बनाउने निर्णय गरेको हो । दोबाटे कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निकट छन् भने व्यापारिक पृष्ठभूमिबाट आएका थापा पार्टी सभापति शेरबहादुर देउवा निकट छन् ।
विन्दु कुमार थापा स्थानीय तहको चुनावमा पोखरा महानगरपालिकाको मेयरका आकांक्षी थिए । उनले प्रतिनिधिसभा चुनावमा पनि टिकटको दाबी गरेका थिए तर पछि प्रदेश सभाको टिकट पाएका थिए ।
नेपाली कांग्रेसले गण्डकी प्रदेशमा मणिचन्द्र शर्मा र मेखलाल श्रेष्ठलाई पनि मन्त्री पदमा चयन गरेका छन्। मेखलाल श्रेष्ठ गोपालमान श्रेष्ठका आफन्त हुन् । श्रेष्ठ पनि व्यापारिक पृष्ठभूमिका नेता हुन् ।






















