देश

एमालेका भीम रावलले सांसदबाट दिएको राजीनामा फिर्ता लिए

जगत ठाडा मगर
२०७८ साउन ८ | मध्यान्ह ०१:०४ बजे

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभाको सदस्यबाट दिएको राजीनामा शुक्रबार पुन फिर्ता लिएका छन्।

रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए तर उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन्।

०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी हुनुभन्दा बरु राजीनामा दिनु बेस बताएका छन्।।

‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनामा दर्ता गर्न आएको छु’, सिंहदरबारस्थित संसद सचिवालयबाट रावलले भनेका थिए, ‘म राजीनामा दिन्छु।’ रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।

रावलले राजीनामा दिएपछि अरू एमाले नेताहरूले उनको राजीनामा जरूरी नरहेको भन्दै फिर्ता लिनु पर्ने बताएका थिए। वरिष्ठ नेता नेपालले त उनलाई टोखास्थित निवासमै गएर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।

कमेन्टहरु