अपराध

कपिलवस्तुमा २३ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

नवलपुर टुडे
२०८२ बैशाख २२ | बिहान ०६:०१ बजे

कपिलवस्तु । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएर फरार रहेका प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन्। कपिलवस्तुको शिवराज नगरपालिका–६ (साविक बिसनपुर गाउँपालिका–३) का ६१ वर्षीय अतवारी कोरी बिसनपुरबाट पक्राउ परेका हुन्।

जिल्ला अदालत कपिलवस्तुले २०५७ असार १७ गते कोरीलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो। फैसलापछि फरार रहेका कोरीलाई प्रहरीले पक्राउ गरी अदालतको आदेशअनुसार कारागार चलान गरेको प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए।

 

कमेन्टहरु