स्रोत नखुलेको ९५ लाख रकमसहित चार जना पक्राउ

नवलपुर टुडे
२०८२ बैशाख २२ | बिहान ०५:०१ बजे

काठमाडौं । स्रोत नखुलेको ९५ लाख रकमसहित चार जना पक्राउ छ। पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीका ४३ वर्षीय गणेश राई, लमजुङका ३१ वर्षीय सन्तोष गुरूङ र ३९ वर्षीय सन्तोष घिमिरे छन्।
काठमाडौं महानगरपालिका-९ पिंगलास्थान सडकबाट दुइटा मोटरसाइकलमा सवार चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीहरूको गतिविधि शंकास्पद भएपछि प्रहरीले झोला हेरेको थियो। त्यसभित्र ९५ लाख १७ हजार ५ सय रूपैयाँ फेला परेको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।























