चितवनमा छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा सहायक प्रधानाध्यापक पक्राउ


पमा ६ राउचितवन,बैशाख २१ । चितवनमा छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा सहायक प्रधानाध्यापक पक्राउ परेका छन ।चितवनको नारायणी नमूना माध्यमिक विद्यालयका सहायक प्रधानाध्याकले आफ्नै विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक त्रिलोचन सापकोटाले सोही विद्यालयकी १५ वर्षीया छात्रामाथि अभद्र व्यवहार गरेको भन्दै परेको उजुरीको आधारमा उनलाई पक्राउ गरेको हो । उनलाई १८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालले जानकारी दिए ।
‘छात्रासंग रक्सी मागेर खाएको र लछारपछार गरेको भन्ने आरोपमा उजुरी परेको छ,खनालले भने,मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।’ शुक्रबार म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको उनले बताए । सापकोटाले छात्रालाई अस्लिल फेसबुकमार्फत अस्लिल कुराहरु समेत पठाएको आरोप लगाइएको छ ।
विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले पनि सहायक प्रधानाध्यापक सापकोटा पक्राउ परेको पुष्टि गरे । उनले भने,‘विद्यार्थी अभिभावकको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ,प्रहरीको अनुसन्धानबाट थप कुरा प्रष्ट होला ।’























