अपराध

कपिलवस्तुमा नीलगाई मारेको आरोपमा ६ राउन्ड गोलीसहित एक सिकारी पक्राउ

नवलपुर टुडे
२०८२ बैशाख २१ | मध्यान्ह ०६:०१ बजे

कपिलवस्तु । कपिलवस्तुमा दुई नीलगाई मारेको आरोपमा ६ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन ।

महाराजगंज नगरपालिका- ६ सानो बुटहनियास्थित उखु बारीमा नीलगाई मारेको आरोपमा शिवराज नगरपालिका- २ हरौहवाका ५२ वर्षीय फरहान खाँनलाई गोलीसहित पक्राउ गरेको हो । पक्राउ परेका खानको झोलाबाट प्रहरीले ६ थान गोली, ४ थान खोका, चक्कु र अन्य सामाग्री पनि बरामद गरेको छ ।

स्थानीयले गोली पडकेको आवाज सुने लगत्तै प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीको टोलीले प्रहर आइतबार पक्राउ गरिएका हुन । राज्यले नीलगाईलाई संरक्षित वन्यजन्तुको सुचीमा राखेको छ ।

सिकारीहरूको टोली बा. १७ च ८९० नम्बरको हाइलक्स गाडी, यूपी ५५ आर ६१७६ नम्बरको पीकअप, लु.५० प ४१२ नम्बरको मोटरसाइकल तथा एक भारतीय मोटरसाइकल लिएर उखुबारीमा पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले मरेको नीलगाई, सिकारमा प्रयोग भएका सवारी साधन, गोली तथा अन्य सामाग्री गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटा बुझाएको छ । घटनाको अनुसन्धान सहायक वन अधिकृत पहलमान सेर्बुजा मगरले थालेको छ । सिकारीले २ भाले जातको नीलगाई सिकार गरेका थिए ।

 

 

 

कमेन्टहरु