मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
दुर्गम गाउँमा मिल सञ्चालन हुँदा स्थानीय खुशी


बाजुरा , बैशाख २० । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका १,२ र ३ का सबै टोलमा धान कुट्ने र गहुँ, कोदो पिस्ने मिल सञ्चालन आएको छ । हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका ३ को मासपुर गाउँ समेत मिल सञ्चालन आउँदा स्थानीय खुशी भएका छन ।
कादुरी अग्रिकल्चर एड एशोसियसन ब्रिटिस गोर्खाज नेपाल संस्था द्वारा मिल सञ्चालन हुँदा विकट ठाउँमा घन्टौं समय लागेर घट्ट पिस्नुपर्ने बाध्यता अहिले हट्दै गएको छ । साबिक बिच्छ्याँका प्रत्येक टोलमा मिलबाट धान र गहुँ, कोदो पिस्न पाउदा बिच्छ्याँ बासिहरू खुशि भएका हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष मंगल बुढाले बताएका छन ।
बिच्छ्याँमा नातिखोला लघु जलविद्युत निर्माण योजना सञ्चालन भएको केही हप्तापछि पुनः बिच्छ्याँका दुर्गम बस्तीलाई विद्युत द्वारा चल्ने धान र गहुँ, कोदो पिस्ने कुटानी पिसानी मिल सञ्चालन ल्याएको छ । प्रत्येक टोलमा एक/एक वटा कुटानी पिसानी मिल दिएको छ । अहिले मिल गाउँमा प्रयोगमा आएपछि पहिलाको जस्तो दुख खेप्नुपर्ने अवस्था हटेको हिमाली गाउँपालिका २ का स्थानीय धनमल थापाले बताएका छन ।
पहिलो मिल सञ्चालन नआउनु भन्दा अगाडि गहुँ र कोदो पिस्न १/२ घण्टा लागेर खोला घट्ट जानुपर्ने अवस्था थियोे । दुख पनि त्यतिकै हुने गरेको थियो । अहिले गाउँमा कुटानी पिसानी मिल सञ्चालन आएपछि धेरै सहज भएको छ । घन्टौं समय लगाएर धान्न र गहुँ , कोदो पिस्नुपर्ने समस्या समाधान भएको छ ।
बिच्छ्याँमा बिजुली बत्तिले मुहार फेरिएको केहि दिनपछि अर्को खुशी छाएको छ । गाउँमा धान कुट्ने र गहुँ , काेदाे पिस्ने मिलबाट सेवा लिन पाउदा यहाँका धेरै स्थानीय वासी खुशी भएका छन । बिच्छ्याँका अधिकांश अध्यारो बस्तीलाई उज्यालो बनाउन संगै प्रत्येक टोलमा कुटानी पिसानी मिल कादुरी सँस्था सहयोग पाउदा उक्त संस्थालाई धन्यवाद दिएको स्थानीय मनबहादुर रोकायाले बताएका छन ।
कुटानी पिसानी सञ्चालनमा आउँदा गाउँका महिला धेरै सहजै काम गर्ने वातावरण भएको छ । प्रत्येक टोलमा एक जना रोजगार समेत पाएका छन । अहिले आधुनिक मिल प्रयोगमा आउँदा खोलामा रहेका परम्परा घट्ट छोड्दै आएका छन । पुर्खा देखि परम्परा घट्टमा गहुँ र कोदो पिस्न घन्टौंसम्म लाग्ने समय अहिले गाउँमै कुटानी पिसानी मिल सञ्चालनमा आउँदा पहिलेको जस्तो दुख हराउँदै गएको छ ।






















