बागमती प्रदेश, समाचार

दोलखामा ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव’ सुरु(तस्बिरसहित)

नवलपुर टुडे
२०८२ बैशाख २० | मध्यान्ह ०४:०१ बजे

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव’ सुरु भएको छ । शनिबार प्रदेश सभा क्षेत्र नम्बर २ का सांसद भरत केसीले एक समारोहका बिच रक क्लाइम्बिङ महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सव दुई दिनसम्म चल्नेछ । महोत्सवले साहसिक खेलको प्रवर्द्धन गर्नुका साथै समृद्ध दोलखा निर्माणमा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।

भीमेश्वर नगरपालिका– २ स्थित सोक्लामा रहेको सो पर्यटकीय गन्तव्य चर्चित भीमेश्वर मन्दिर नजिकै रहेको छ । केही वर्षअघि देखि त्यहाँ रक क्लाइम्बिङको अभ्यास हुँदै आएको थियो । महोत्सवसँगै अब त्यहाँ व्यावसायिक रूपमै रक क्लाइम्बिङको सुरुवात हुने अपेक्षा गरिएको छ ।  उद्घाटन कार्यक्रम स्थानीय सांस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा विभिन्न दलका स्थानीय नेता, जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो । 

 

494918860_9678872298854932_784341123255674221_n

494883023_9678873708854791_3771838169690039059_n

495067641_9678870512188444_5763557210181047273_n495332764_9678871392188356_3604166712487808020_n495367194_9678869555521873_3341811235925801956_n495370419_9678871155521713_6223254555771944132_n495376041_9678871618855000_3994279960973734379_n

 

कमेन्टहरु