घटना

एकै घरका दुई बालक पोखरीमा डुबेर मृत्यु

नवलपुर टुडे
२०८२ बैशाख २० | बिहान ०९:०१ बजे

नवलपरासी । नवलपरासीको सुनवलमा एकै घरका दुई बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । सुनवल नगरपालिका–६ पुलटोल बस्ने विष्णु कवंरका दुई छोराको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा १० वर्षीय विप्सन र उनका भाइ ८ वर्षीय दिप्सन रहेका इलाका प्रहरी कार्यालय सुनवलका इन्सपेक्टर सन्तोष पौडेलले जानकारी दिए ।

शुक्रबार साँझ पोखरीमा एक बालक तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खोजी गर्ने क्रममा अर्का बालकको पनि शव फेला परेको प्रहरीले जनाएको छ। उनीहरु स्थानीय जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए ।

घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु