दुर्घटना

बुलिङटारको ढाँडबेसीमा टिप्पर दुर्घटना, चालक सकुशल

नवलपुर टुडे
२०८२ बैशाख १९ | मध्यान्ह १०:०१ बजे

बुलिङटार । नवलपुरको बुलिङटार जाँदै गरेको सिमेन्ट बोकेको टिप्पर कालिगण्डकी कोरिडोर सडक खण्डको बुलिङटार गाउँपालिका- १ ढाँडबेसीस्थित सडकबाट अन्दाजी ५० मिटर तल खस्दा दुर्घटना भएको छ ।

नवलपुरको दुम्कीबास सर्दीस्थित होङ्सी सिमेन्ट कम्पनीबाट ४५० बोरा सिमेन्त लोड गरी बुलिङटार जाँदै गरेको ग २ ख ०७७१ नम्बरको टिप्पर सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

टिप्पर दुर्घटनामा चालक मकवानपुर भिमफेदी गाउँपालिका-१ बस्ने बर्ष २२ को बिवस बि.क. सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेका टिप्पर तत्काल सडकमा निकाल्न सक्ने अवस्थामा नभएकोले घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु