देश

विश्वको धेरै मुलुकहरुमा अचानक डाउन भयो इन्टरनेट, धेरै बेवसाइट र मोबाइल एपहरु खुलेनन्

जगत ठाडा मगर
२०७८ साउन ८ | मध्यान्ह १२:०४ बजे

काठमाडौं । बिहीबार विश्वका धेरै मुलुकहरुमा इन्टरनेटले अचानक काम गर्न छाड्यो । जसको कारण धेरै वेबसाइट तथा मोबाइल एपहरु चलेका थिएनन् ।

यी वेबसाइटहरु खोल्दा डीएनएस एरर देखाएको थियो । यसको अर्थ मानिसहरुले कमाण्ड वेबसाइटसम्म पुगेको थिएन। समस्या देखिएका वेबसाइटमा अमेजन, पेटीएम, डिज्नी, हटस्टार, एयरबीएनबी, यूपीएस, एचएसबीसी बैंक, ब्रिटिश एयरवेज र प्लेस्टेसन नेटवर्क सामेल छन् ।

यो समस्या डीएनएस सेवा प्रदायक अकामाईको डीएनएस सेवामा देखिएको गडबडीको कारण उत्पन्न भएको हो । डीएनएसको अर्थ डोमेन मेन सिस्टम हो, यो इन्टरनेटको फोनबुक हो । यो डोमेन नेमले कुनै कम्प्युटरको आईपी एड्रेससँग जोड्ने काम गर्दछ, जसको कारण हामीले कुनै पनि वेबसाइट हेर्न सक्छैँ ।

अकामाईले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त प्राविधिक समस्या सुल्झाइएको जानकारी दिएको छ । पछिल्लो दुई महिनामा दोस्रोपटक ठूलो संख्यामा इन्टरनेट सेवामा अवरोध देखिएको हो ।

कमेन्टहरु