कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराका अधिकांश कृषक गहुँ काट्न चटारोमा

उमेश रोकाया
२०८२ बैशाख १९ | मध्यान्ह ०३:०१ बजे

बाजुरा , बैशाख १९ । बाजुरा जिल्लाको अधिकांश कृषक गहुँ काट्न चटारोमा रहेका छन । बैशाख महिना लागे लगत्तै असारे बाली गहुँ र जौ टिप्न खेतबारीमा व्यस्त रहेका छन । बाजुराको बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक, हिमाली, जगन्नाथ गाउँपालिका र बडिमालिका नगरपालिका लगायत सबै ठाउँमा बाली भित्र्याउने क्रम कृषक लागिपरेका छन ।

पहिलो वर्ष भन्दा यो सालमा समयमा वर्षा नआउँदा बालीनाली उत्पादन घट्दै गएको छ । धेरै जसो गहुँ र जौ आकाशे पानीको भरमा हुँदा अहिले बाली उत्पादन कम हुँदै आएको छ । बैशाख महिना सुरु भए संगै बाजुराको उच्च भेगमा जौ टिप्न व्यस्त छ । तलतिर किसान गहुँ टिप्न चटारोमा रहेका हिमाली गाउँपालिका ६ पाँडी गाउँकि कृषक लालकला लुवारले बताउनुभयो ।

गाउँमा धान कम फल्ने हुँदा गहुँ बाली राम्रो होला भनेको लगाएको बाली उम्रनु समय पानी मात्र अभाव भएकोले यसपटक गहुँ कम उब्जनी हुने भएको छ । गहुँकै भरमा घरपरिवार लगायत घरमा आउने पाउनालाई खुवाउन र तिहार समय गहुँको पिठो रोटी र पुरी बनाउने गरिन्छ । गहुँ पहिलो भन्दा अहिले उत्पादन घट्दै आएको किसान हिमाली गाउँपालिका ६ पाँडी गाउँकि बेलमती रोकायाले बताउछिन् ।

कृषि ज्ञान् केन्द्र बाजुरा अनुसार बाजुरा जिल्ला भर १० हजार ४ सय पचास हेक्टर जमिनमा गहुँ खेती हुन्छ । गत वर्ष १५ हजार ६ सय ७५ मेटि्रकटन गहुँ उत्पादन भएको थियो । खेतीयोग्य जमिन बाह्रै मास सिचाइ खेती स्थानीय, प्रदेश र संघ सरकार सहयोग भयो भने गहुँ बाली उत्पादन राम्रो हुने जनाएको छ ।

कमेन्टहरु