मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
जनप्रकाश माविमा भर्ना अभियान सुरु संगै पाठ्यपुस्तक वितरण


बाजुरा , बैशाख १९ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका २ कोल्टीमा रहेकोे जनप्रकाश माध्यमिक विद्यालयमा भर्ना अभियान कार्यक्रम संगै पाठ्यपुस्तक वितरण गरिएको छ । नेपाल शिक्षक महासंघ द्वारा आव्हान गरिएको काठमाडौं केन्द्रित शिक्षक कर्मचारी आन्दोलनका कारण स्थगित भर्ना अभियान कार्यक्रम नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच बैशाख १७ गते भएको सहमति अनुसार आन्दोलन स्थगित गरिएको छ ।
नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच सहमति भएकाले जनप्रकाश माध्यमिक विधालयमा कक्षा १ देखि १० सम्म विद्यार्थीको भर्ना अभियान कार्यक्रम बैशाख १९ गते शुक्रबार देखि २६ गते बिहिवार दिनसम्म संचालन हुने भएको निमित्त प्रधानाध्यापक जयलाल कार्कीले बताएका छन ।
विधालय भर्ना संगै विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिने भएको छ । कक्षा संचालन कक्षा १२ को राष्ट्रिय परिक्षा बोर्ड अनुसार बैशाख २१ देखि २ सम्म परिक्षा संचालन हुने भएका छ । परिक्षा सञ्चालन १२ बजेबाट गरिने भएको सूचना प्रकाशित समेत गरिएको छ । विद्यालय पोशाकको रुपमा ट्र्यासुट र टि-सर्ट का लागि लाग्ने रकम भर्ना संगै बुझाईदिन हुन अनुरोध गरिएको नि.प्रधानाध्यापक कार्कीले बताए ।























