मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
संघीय सरकारले ११ वटा नीति तथा कार्यक्रममा नछुट्टाउन स्थानीय प्रमुख र बिज्ञ टाेलिको माग


बाजुरा , बैशाख १९ । संघीय सरकारले आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रममा नछुटाउनु ११ वटा माग गरिएको छ । कर्णाली र सदूरपश्चिम प्रदेशका पर्यटन विकासका लागि सम्भावना गरेकाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम ११ वटा पर्यटन प्रबर्द्धनका योजना कुडा क्षेत्रका चारवटा स्थानीय तहका प्रमुखहरु काठमाडौ माग गरेका छन ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटन बिकासकाे लागि काठमाडौबाट सुदुरपश्चिम र कर्णाली प्रदेशका बिमानस्थलमा साैलियत भाडामा हवाई सेवालाई जाेडिनेछ, जसका लागि हवाई सेवा कम्पनीलाई फिउल अनुदान दिने तथा ल्याण्डिङ र पार्किङ शुल्कमा सहुलियत वा निशुल्क गरिने, कर्णाली र सुदुरपश्चिम प्रदेशका बिमानस्थलमा स्थानीय लाेक, कला, उत्पादन तथा भाषा र संस्कृति झल्किने संग्रहालय स्थापना गरिने माग गरेको छ ।
सुदुरपश्चिम र कर्णालीमा प्रदेश घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकहरुलाई टेकिङ अनुमति चार्ज तथा अन्य रकममा ५० प्रतिशत छुट दिईने, खस भाषा र कर्णाली सभ्यता झल्किने सांस्कृतिक संग्राहलय बाजुराकाे हिमालि गाउँपालिकामा स्थापना गरिने समेत माग गरिएको कुडा क्षेत्रको साझा विकास संयोजक जनेश भण्डारीले बताउनुभयो ।
सुदुरपश्चिम र कर्णालीमा प्रदेश पर्यटन क्षेत्रमा काम गर्ने निजि क्षेत्रहरुसंग सार्वभौम सार्वजनिक, निजि साझेदारी माेडलकाे अवलम्बन गरिने, कर्णाली करीडाेरबाट मानसरोवर कैलाशकाे धार्मिक यात्रा गर्ने भारतिय पर्यटकहरुलाई प्राेत्साहन गरिने साथै, साे सम्बन्धमा भारत सरकारसंग सहकार्य र समन्वयको नीति लिईने अनुरोध गरिएको छ ।
मुगु जिल्लामा पर्ने रारा ताल हेर्न र घुम्न जाने पर्यटकहरुका लागि जुम्लाकाे सिँजा गाउँपालिका र बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका जाेडने टुरिजम रिङराेड सर्किटकाे बिकास गरिने, ईकाे टुरिजम र यग्राे टुरिजममा जाेड दिने नीति लिइने र टुरिजमलाई कल्चर,नेचर र यग्रिकल्चरकाे अभिन्न अंगका रुपमा लिईने छ ।
पर्यटन उद्धाेग लाई अन्य उद्धाेग सरह सेवा सुबिधा दिने नीति लिईने, बाजुरा जिल्लाका बडिमालीका, खप्तड, बुढिनन्दा, साईपाल ईस्ट व्यसक्याम्प रानिसैन, कैलाश र राराका लागि बाजुराकाे काेल्टी विमान स्थल दुरीका हिसावले केन्द्र बिन्दु भएकाले बाजुराकाे काेल्टी बिमानस्थललाई मूख्य पर्यटकीय गेटवयका रुपमा बिकास गरिने संगै काेल्टीमा ठाउँमा अध्यागमन ईकाई, पर्यटन प्रहरी ईकाई र रिफिउलिङ सेन्टर स्थापना गरिने समेत माग गरिएको छ ।
कर्णाली र सदूरपश्चिम प्रदेशले पर्यटन बिकासका लागि आसा गरेकाे आर्थिक वर्ष ०८१/०८२ काे नीति तथा कार्यक्रम ११ बुदाँमा अन्तमा हुनु पर्ने माग गरिएको छ । सरकारकाे उच्चतम निकाय पर्यटन बिभागकाे महानिर्देशक र पर्यटन मन्त्री पाउनु ईतिहाँसकै उपलब्धि भए पनि काम हुन नसक्नु दुखद कुरा संयोजक भण्डारीले बताउनुभयो ।
बाजुरा कुण्डा दराकाे एकीकृत बिकासकाे अवधारणा बिज्ञ साितिले स्थानिय सरकारलाई हस्तान्तर जसमा तत्काल काेल्टीमा ईलाका प्रशासन कार्यालयकाे स्थापना, पिलुपादुका देउरामा त्रिभुज पुल निर्माण, काेल्टीमा २५ सैयाकाे अस्पताल निमाण, बह प्राबिधिक शिक्षालय स्थापना र क्षेत्रिय स्तरकाे देल मैदानका लागि संघिय सरकार समक्ष ज्ञापनपत्र बुझाउन कुण्डाका स्थानीय सरकारका प्रमुख तथा बिज्ञ टाेलिले दिएकाे विकासका योजनाका आधारमा सम्बन्धित सबै ढेलिगेशनका लागि काठमाडौ गएको बिज्ञ टाेलि संयोजक सदस्य जनेश भण्डारीले बताउनुभयो ।






















