विजयनगरमा ट्रेक्टर दुर्घटना, एककाे मृत्यु, एक गम्भीर घाइते

नन्द किशोर कुर्मी (लालु)
२०८२ बैशाख १८ | मध्यान्ह ०६:०१ बजे

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा ट्रेक्टर दुर्घटनामा परि एक जनाकाे मृत्यु भएको छ । ट्रेक्टरमा सवार विजयनगर-२ उक्ठहवा बस्ने अन्दाजी २० वर्षीय श्यामलाल काेरीकाे मृत्युु भएको छ ।
गम्भीर घाइते भएका काेरीकाे उपचारकाे क्रममा चाैराहा अस्पताल बुटवलमा मृत्युु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
हुलाकी सडक खण्डकाे गुगाैलीमा तीव्र गतिका कारण लु ३ त ४७९७ नम्बरकाे ट्रेक्टर अनियन्त्रित भई सडककाे डिभाइडरमा ठाेकिँदा चालक राजेश गुप्ता र ट्रेक्टरमा सवार श्यामलाल काेरी गम्भीर घाइते भएका थिए । ट्रेक्टर चालक राजेश गुप्ताकाे उपचार भइरहेको छ ।























