अपराध

अपहरणको अभियोगमा वीरगञ्जबाट नाबालकसहित चार जना पक्राउ

नवलपुर टुडे
२०८२ बैशाख १८ | मध्यान्ह १२:०१ बजे

वीरगञ्ज । अपहरणको अभियोगमा वीरगञ्जबाट नाबालकसहित चार जना पक्राउका छन् । कलैया उपमहानगर- १८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर- १२ मुर्लीस्थित एक घरबाट मंगलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको बताए । हिरासतमा रहेका नाबालकको विवरण भने सार्वजनिक गरिएको छैन ।

पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए ।

कमेन्टहरु