मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बुढिनन्दा नगरपालिका ३ का भूमिहीन ६६ जनालाई निस्सा वितरण

उमेश रोकाया
२०८२ बैशाख १७ | मध्यान्ह ०८:०१ बजे

बाजुरा , बैशाख १७ । बाजुरा जिल्लाकाे पुर्वी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिका ३ मा भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण गरिएको छ । बुढिनन्दा नगरपालिका ३ को वडा कार्यालय र नापी इकाई शाखा संयुक्त आयोजनामा भुमि समस्या समाधान आयोग बाजुराको समन्वयमा भूमिहिन दलित-२ भूमिहिन सुकुम्बासी-३ अब्यबस्थित- ६१ गरि ६६ जनालाई निस्सा वितरण गरेको वडा अध्यक्ष जंगवीर रोकायाले बताएका छन् । उनले अनुसुचि ३ बमोजिम ६ जना भुमिहिन दलित र अनुसुचि ४ बमोजिम निबेदन अनुसार ४४ जना गरि ६६ जनालाई निस्सा वितरण गरेको छ । वडा सहजीकरण समिति समेत गठन गरिएको बुढिनन्दा नगरपालिका ३ का वडा अध्यक्ष जंगवीर रोकायाले बताए ।

बुढीनन्दा नगरपालिका ३ को वडा कार्यालय र नापी इकाई शाखाकाे संयुक्त आयाेजनामा औपचारिक कार्यक्रम गरेर छ । भूमिहिन दलित-२ भूमिहिन सुकुम्बासी-३ अब्यबस्थित- ६१ गरि ६६ जनालाई अस्थायी निस्सा वितरण गरिएकाे छ । वडा सहजीकरण समिति समेत गठन गरिएकाेछ । उक्त कार्यक्रममा भूमि समस्या समाधान आयोगका पदाधिकारी र स्थानीय जनसमुदायकाे सहभागिता रहेकाे थियाे । विशेषगरी यस कार्यक्रमका लागि बुढीनन्दा नगरपालिका ३ वडा अध्यक्ष जंगविर राेकाया र नापी इकाई शाखालाई विशेष धन्यवाद राष्ट्रिय भुमि आयोग जिल्ला समिति बरिस्ठ सदस्य सर्पलाल गिरीले बताएका छन ।

बुढिनन्दा नगरपालिका ३ का वडा अध्यक्ष जंगवीर रोकाया अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भुमि आयोग जिल्ला समिति बरिस्ठ सदस्य सर्पलाल गिरी रहेका थिए । बिशिस्ट अतिथिमा राष्ट्रिय भुमि आयोग जिल्ला समिति सदस्य शिव बोहरा अतिथि पुर्व वडा अध्यक्ष टेक रोकाया नगर प्रमुख स्वकीय सचिव केशर कुमार बोहरा लगायत स्थानीय उपस्थितिमा अस्थायी निस्सा वितरण गरिएकाे छ ।

कमेन्टहरु