चलचित्र क्षेत्रलाई सरकारले सहयोग गर्छु : प्रधानमन्त्री देउवा


काठमाडौंँ । कोरोनाका कारण थलिएको चलचित्र क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने भएको छ ।
बिहिबार कलाकर्मीसँगको प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त आश्वासन दिएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन सांस्कृतिक संघको नेतृत्वमा करिव ५ दर्जन बढी कलाकर्मी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
उक्त अवसरमा चलचित्रकर्मीले लकडाउन र निषेधाज्ञाले कला क्षेत्रमा धरासायी बनेको फिल्म हलहरु लामो समयदेखि बन्द र कलाकारहरु काम बिन भएको जानकारी गराउँदै कला क्षेत्र पहिलेको अवस्थामा फर्काउन सरकारको सहयोगको खाँचो रहेको बताए । खादा, फूलमालासहित प्रधानमन्त्री निवास पुगेका चलचित्रकर्मीले सो अवसरमा ५ औं पटक देशको प्रधानमन्त्री हुन सफल भएकोमा प्रधानमन्त्री देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।
उक्त अवसरमा नेपाल सांस्कृतिक संघका तर्फबाट अध्यक्ष तिर्थ थापाले प्रधानमन्त्री देउवालाई सम्मान पत्र समेत प्रदान गरेका थिए । ‘कार्यक्रममा हामीले कलाकारको लागि कोरोना बिरुद्धको खोपको माग समेत राखेका थियौ’ नेपाल सांस्कृतिक संघका महामन्त्री रोशनी केसीले भनिन् ‘प्रधानमन्त्री कला कर्मीका लागि सरकारले चाँडै खोपको व्यवस्था समेत गर्ने बताउनु भएको छ ।’
कार्यक्रममा नेपाल संस्कृतिक संघका महामन्त्रीले शिवशंकर रिजालले प्रधानमन्त्रीको राष्ट्रिय भ्रमणमा कलाकारलाई पनि सहभागी गराउनु अनुरोध गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री देउवाले आफ्नो राष्ट्रिय भ्रमणमा कलाकारलाई समेट्ने समेत बचन दिएको नेपाल संस्कृेतिक संघका महामन्त्रीले शिवशंकर रिजालले । नेपाल संस्कृतिक संघका अध्यक्ष तिर्थ थापा, महामन्त्री शिव शंकर रिजाल ‘जोगिन्दर’, रोसनी केसी, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष प्रवक्ता मोहन निरौला, अभिनेता भुवन केसी, सितल केसी, गोपाल ढकाल ‘छन्दे’, गोपालकाजी कायस्था, नरेश पौडेल लगायत श्रष्ठा, संस्कृतिकर्मी तथा थुप्रै चलचित्रकर्मीको सहभागिता रहेको थियो ।






















