मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
उधमशिलता विकास तालिम सुरु


बाजुरा , बैशाख १६ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा उधमशिलता विकास तालिम उद्घाटन कार्यक्रम गरिएको छ । आई.एन.एफ. नेपाल शाखा बाजुराको आयोजक र हिमाली गाउँपालिकाको समन्वयमा उधमशिलता विकास तालिम ५ दिनसम्म सञ्चालन गरिने भएको छ ।
सबैभन्दा उधमविकास गर्ने गरेका छन । हामी धेरै जसोले व्यवसाय गरिरहेका छौँ । कुन व्यवसाय गर्दा कुन बेला नाफा संगै घाटा हुने सिकाइने छ । व्यवसाय गर्दा लगानी कति गर्ने खर्च कति भयो आमदानी कसरी हुने कुरा व्यवहार लागू गर्ने सिकाइने छ । व्यवसायी गर्नु भन्दा पहिलो कसरी सुरु गर्ने विशेष व्यवसाय कसरी गर्न यसको योजना बारेमा जानकारी गराइने भएकोछ । व्यवसाय गर्दा सामानको मुल्य घाटा नाफा कुरा कसरी हुने भन्ने कुरा सिकाने भएको छ । तालिम अवधि भर धैर्य भएर सिक्नु होला यसका लागि व्यापार व्यवसायी कसरी गराइनेछ भन्ने कुरामा तालिम गरिएको तालिम प्रशिक्षक पदमबहादुर ऐरले बताउनुभयो ।
नयाँ परियोजना राइज परियोज लागू भएको छ । जलवायु परिवर्तन संगै कसरी जाने भन्ने कुरा रहेकोे छ । हिमाली गाउँपालिका हरेक काममा सहयोग समन्वय भएको छ ।” यसरी साथ सपोर्ट रहिरहन आग्रह गर्नुभएको छ । तालिम बैशाख १६ गतेदेखि २० गतेसम्म उधमशिलता विकास तालिम सञ्चालन हुनेभएको आई.एन.एफ. नेपालहिमाली गाउँपालिका १ देखि ७ वडाहरुका उधमशिल समावेशी दिगो विकास र सशक्तीकरण (RISE) परियोजना द्वारा तालिम सुरु गरिएको छ । व्यवसाय सञ्चालन गर्न, व्यवसायी योजना बनाउन संगै आत्मनिर्भर बनाउन यो तालिम दिएको हो । विशेषगरी यो संस्थाले वन जलवायुको जोखिम न्यूनीकरण र दीगो विकास काम गर्दै आएको उधमशिल समावेशी दिगो विकास र सशक्तीकरण (RISE) परियोजनाको सहायक परियोजना अधिकृत संकर उखेडाले बताउनुभयो ।
तालिम सिक्नु आउनु हुनेलाई राम्रोसँग सिक्नु होला भनेका छन । व्यवसाय गरिरहेका छौं, त्यसमा कमाउन्छौ खर्च कति आम्दानी कति हुन्छ भन्ने व्यवसाय सम्बन्धि कुराहरु तालिम सिकाइने भएको छ । हिमाली गाउँपालिका तालिम समावेश हुनुहुने अगुवा कृषकलाई राम्रोसंग सिक्नु होला व्यवहार प्रयोगमा ल्याउनु होला । गाउँपालिकाको कार्यालयबाट हुने सक्दो सहयोग गर्न तयार भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत जयप्रकाश पाण्डेले बताउनुभयो ।























