नवलपुरको गैडाकोटमा दुई स्कुटर ठोक्किदा २ जना घाईते

गैंडाकोट । नवलपुरको गैडाकोटमा दुई स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजना घाईते भएका छन । घाईते हुनेमा भरतपुर महानगरपालिका- १० बस्ने बर्ष २३ को रोहित सापकोटा र गैडाकोट नगरपालिका- १ बस्ने बर्ष २४ को पवन सापकोटा रहेका छन । घाईते सापकोटाको बायाँ हातमा चोट लागेको छ ल, भने घाईते पवन सापकोटाको दाहिने खुट्टामा चोट लागेको छ ।
आज बिहान ११: २५ बजे गैडाकोट भृकुटी चोकस्थित पुर्ब पश्चिम राजमार्ग कांग्रेस चोकबाट चितबन तर्फ जाँदै गरेको बा.प्र.०३०२ प ९४९६ नम्बरको स्कुटर र भृकुटी चोकबाट हाईबे तर्फ निस्कदै गरेको बा.प्र.०३०१प १४५ नम्बरको स्कुटर एक आपसमा ठोकिन जाँदा दुर्घटना भएको हो ।
दुर्घटना पश्चात सो स्थानमा प्रहरी टोली खटिगई घाईते दुबै स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाएको नवलपुर प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबारे दुबै स्कुटरलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।























