अपराध

नवलपरासीबाट ठुलो परिणाममा लागुऔषधसहित दुईजना पक्राउ

नवलपुर टुडे
२०८२ बैशाख १५ | मध्यान्ह ०६:०१ बजे

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम स्थित महेशपुर रोडबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ परेका  लु ४९ प १४५१ नम्बरको मोटरसाइकल चालक नवलपरासीकै सरावल गाउँपालिका वडा नं. ६ वस्ने २४ वर्षीय राकेश गुप्ता र पछाडि सवार सोही स्थानकै १६ वर्षीय बिष्णु केवट रहेका छन।

लागुऔषध बिक्री बितरण भैरहेको भन्ने सुचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवाको टोली महेशपुर पुगी ६५ ग्राम ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको हो । उनीहरुलाई खानतलासी तथा सोधपुछ गर्दा केवटले लागुऔषध झाडिमा लुकाएर राखेको भनेपछि ६५ पुरिया ब्राउन सुगर फेला परेको हो । आईतबार राति ९ बजेको समयमा जिल्लाको रामग्राम नगरपालिका वडा नं. ४ महेशपुर रोडबाट ब्युरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरिक्षक सागर भट्टराईको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त लागुऔषध तौल गर्दा ६५ ग्राम ४३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । उनीहरुले चलाएको मोटरसाईकल र प्रयोग गरेको २ थान मोवाईलसहित दुई जनालाई नियण्त्रणमा लिइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाईएको ब्युरो शाखा कार्यालय भैरहवाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाले आवश्यक कारवाहीका लागि जिल्ला अदालत नवलपरासीमा म्याद थपका लागि पठाईएको बताए । थापाले प्रक्राउ परेका दुवै जनालाई लागुऔषध ऐन २०३३ अनुसार कारवाही हुने बताएका छन् ।

 

494356483 1193043055651030 7845760158784368637 n

 

कमेन्टहरु