मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बुढिनन्दामा सुधारिएको दुई मुखे फलामे चुलो वितरण


बाजुरा , बैशाख १५ । बाजुरा पुर्वी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालीकामा सुधारिएको दुई मुखे फलामे चुलो वितरण गरिएको छ । बुढिनन्दा नगरपालिकामा संचालित लैङ्गकि उत्थानसिल प्राकृतिक लागि वातावरण र आर्थिक दिगोपन (GREEN) परियोजना अन्तर्गत सुधारिएको दुई मुखे फलामे चुलो वितरण कार्यक्रम गरेका छन ।
बुढिनन्दा नगरपालिका वडा नं १,३,४ र ६ मा टियरफण्ड र आई.एन.एफ. नेपालको आर्थिक सहयोग र बुढिनन्दा नगरपालिकाको समन्वयमा ४ सय ४५ घरधुरीहरुलाई फलामे चुलो हस्तान्तरण गरिएको छ । बुढिनन्दा नगरपालिकामा संचालित लैङ्गकि उत्थानसिल प्राकृतिक लागि वातावरण र आर्थिक दिगोपन (GREEN) परियोजनाले दिगो जिविको पार्जन, जलवायु उत्थानसिल कृषिका साथै लैंगीकता र वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।
बाजुरा जिल्ला अधिकाशं घर लगायत बुढिनन्दा नगरपालीकामा गाउँ घरका घरहरूमा खाना पकाउने मुख्य स्रोत दाउरा रहेको छ । परम्परागत ओदाने चुलोमा खाना पकाउने हुदा दाउरा धेरै खपत हुने, धुवा धुलो बढि हुने, भाडाहरु धुवाँको कारणले कालो हुने, खाना पनकाउन धेरै समय लाग्ने, महिलाहरुलाई खाना पकाउन गाह्रो हुने र स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरुलाई मध्यनजर गर्दै ग्रिन परियोजनाले वडा नम्बर ३,४ र ६ गरी ३ वटा समुदायको आवश्यकता अनुसार फलामे चुलो वितरण कार्यक्रम गरेको हो ।
उहाँले बताउनुभयो , “ग्रीन परियोजनाका परियोजना अधिकृत रुक्साल पण्डितका अनुसार महिलाहरुको कार्यबोझलाई घटाउने, स्वाथ्यमा सुधार, समयको बचत, दाउराको कम खपत, धुवा रहित भान्सा कोठाको अवधारणा रहेको र बाजुरामा जिल्ला अन्य पालीकामा गरीएको सर्वेक्षण अनुसार सुधारीएको खाना पकाउने फलामे चुलोले ५८ प्रतिशत जति दाउरा खपतमा कमी र दैनिक २ घण्टा खाना पकाउन र भाडा माझ्ने समय धेरै लाग्ने हुँदा फलामे चुलो वितरण गरिएको ग्रीन परियोजनाका परियोजना अधिकृत रुक्साल पण्डितले बताउनुभयो ।”
दिगोपनाको लागी ३ सय ८८ घरधुरीहरुले प्रति घरधुरीहरुले एक हजार दस्तुर लागेको नगरपालीका ५७ विपन्न घरधुरीहरु समुहको निर्णय, परियोजनाका कर्मचारीहरुको अनुगमन र वडाको सिफारिस पश्चात नि:शुल्क चुलो वितरण गरीएको छ । वातावरण तथा जनसंख्या मन्त्रालय अन्तर्गत नविकरणीय उर्जा अनुदान निति २०७३ अनसार उक्त चुलो समुन्द्री सतह भन्दा १५०० मिटर भन्दा माथी मात्र वितरण गरीएको जनाएको छ ।
उहाँले बताउनुभयो , “नगरपालीकाको अधिकाशं वस्तीमा परम्परागत ओदाने चुलोको प्रयोले गर्दा महिलाहरुको स्वास्थयमा विभिन्न किसिमका समस्याहरु देखा परेको, खाना पकाउन धेरै समय लाग्ने, धुवा धुलो धेरै हुने र महिमा बढी कार्यबोझको समस्याहरुको समाधान हुने भएको छ ।” आई.एन.एफ. नेपाल धन्यवाद व्यक्त गर्दै परियोजनाले काम नगरेका वडाहरु र धुवा रहित चुलो आवश्यक भएका वस्तीहरुमा सम्वन्धीत वडाले चुलो वितरणको कार्यक्रममा पहल गर्न बुढिनन्दा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गजेन्द्र बहादुर शाहीले बताउनुभयो ।























