कविताको शिर्षक: सङ्ग्रहालयमा परिणत हुँदै गाँउका घर


सिरानमा थिचिएका ढुङ्गाका ढिस्काहरु,
झ्यालबाट छिर्छ चिसो हावा,
आँटिनु भनेको त फेरि पनि,
पुरानो घरको एउटा चर्किएको भित्तामा हात टेक्नु जस्तै हो ।
नेपाली गाउँका खाली ती पुराना घरहरू,
अब सङ्ग्रहालय जस्तै भएका छन् ।
मर्मतका सिकार, सम्झनाका स्तम्भ ।
माईतीघरको आँगन चुँडिएर,
परदेशी नातिहरुको मोबाइलको फ्रेममा थुनिएको छ ।
कहिलकाँही सम्झनामा आउने माध्यम बनेको छ ।
गुँडेर खेलेका चौतारा, टुक्रिएको अगेनो,
मुस्कुराइरहेका छन्, ऐतिहासिक दागसँगै
हरेक चिट्ठी, हरेक पिपलका पातले
एउटा समयको कथा बोकिरहेका छन् ।
बसाइँसराइ गरेका जनहरुलाई पर्खिरहेको छ ।
कहिल्यै नआउने पदयात्रीहरुको पदचापलाई चुमिरहेको छ ।
भत्किन लागेको घरहरुमा भुतको बाँस हुन थालेको छ ।
भुत बस्ने घरहरुको सख्या बढीरहेको छ ।
दशै तिहार नयाँ वर्षमा रगीने घरहरु
अहिले थुप्रै वर्षहरु बित्दा समेत पोतिन पाएन ।
बसाइ सरेर जाने घर धनीले म टाढा जान्छु भनेर
कहिल्यै नआउने गरी जान्छु भनेर भनेनन
खाली ढोकामा भोटेताल्चा मारेर गएपछि
आरन गाउँको मामालाई भोटेताल्चा बनाउने
नयाँ रोजगार खुलेकोमा मामा दुखी हुनुहुन्छ ।
डिलमा उभिएको त्यो घर ।
जहाँ कहिल्यै बन्द नहुने घण्टी थियो,
आमा बोलाउने स्वर थियो,
बाजेको तामाको करुवा र उखान थियो,
आज त्यहाँ मौनता बज्छ ।
घामछायाँको खेलले पनि सोध्छ —
किन यत्रो खालि भयो गाउँ?
चलेका छन् मान्छे,
तर बाँकी छन् घरका भित्ताहरु,
चिरिएका, चुपचाप सुनिरहेछ आवाजहरु,
तर बोल्न सक्नेको अगाडी
स्मृतिको एकाएक सजीव बनाउने ।
यी घरहरू अब केवल बास छैनन्,
यी त संग्रहालय बनेका छन् ।
जहाँ सास फेर्छ पुरानो माया,
जहाँ बाँचिरहेछ पहाडको न्यानो पसिना,
जहाँ सुस्तरी रोइरहेछ हाम्रो छुट्न नचाहेको इतिहास ।
याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ
९८४७६५७३००























