मार्वल बोकेको ट्रकको ठक्करबाट दाउन्नेमा दुई होटेल एण्ड लजमा क्षति

नवलपुर टुडे
२०८२ बैशाख १४ | बिहान ०९:०१ बजे

दाउन्ने । पुर्वी नवलपरासीको बिनयी त्रिबेणी गाउँपालिका- २ दाउन्ने बजारस्थित पूर्व पश्चिम राजमार्गमा नारायणगढबाट बुटवल तर्फ जाँदै गरेको ना५ख ८६७१ नम्बरको मार्वल लोड ट्रकको ब्रेक फेल भई दुर्घटना हुदा एक होटेल एण्ड लज पुर्ण क्षती भएको छ भने, एउटा होटेलमा सामान्य क्षती भएको छ ।

मार्वल बोक्ने ट्रकको ठक्करबाट सोही स्थान बस्ने बिनानाथ पाध्यले संचालन गरेको धौलागिरी होटल एण्ड लज पूर्ण रुपमा क्षति र सोही स्थान बस्ने पवन लम्सालले संचालन गरेको होटल समेतमा सामान्य क्षति भएको हो । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । मानवीय क्षति र सडक अबरुद्ध नभएको समेत प्रहरी जानकारी दिएको छ ।























