कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

गाउँमा हल गोरु पाल्ने चलन हराउँदै

उमेश रोकाया
२०८२ बैशाख १४ | बिहान ०८:०१ बजे

बाजुरा , बैशाख १४ । बाजुरामा पछिल्लो समय गाउँमा हल गोरु पाल्ने चलन विस्तारै हराउँदै गएको छ । यहाँका प्रत्येक किसानले हिउँद वर्खामा खेती लगाउँनका लागि घर घरमा हल गोरु पाल्ने गथ्र्ये । अहिले यहाँका किसानले खेती जोत्नका लागि हाते टक्याक्टर प्रयोग गर्न थालेपछि पछिल्लो समय गाउँमा हल गोरु पाल्ने चलन पनि विस्तारै हराउँदै गएको हो ।

गाउँमा हल गोरु पाल्न छोडेपछि अहिले खेती उत्पादनमा पनि निकै कमी आउन थालेको हिमाली हिमाली गाउँपाकिला –६ धिमका महोन रावतले बताउनुभयो । उहाँल्े भन्नुभयो, “ गोरुले जमिन जोत्दा डिल भिटो धार छेउछाउमा राम्रो सँग जोतिने र गहिरो गरेर जोतेपछि माटो पनि फर्ने भएकोले त्यति बेला खेती उत्पादनमा बढ्दै गएको थियो ।
अहिले ट्याक्टरले जमिनको माथी माथी जोत्ने र धार छेउमा पनि राम्रो सँग नजोतिने भएकोले पहिलाको भन्दा अहिले खेती उत्पादनमा निकै कती आउन थालेको रावतले बताउनुभयो ।

यहाँका गाउँ बस्ती सडक सञ्जालको पहुँचमा भएसँगै सहर देखि धमाधम हाते ट्याक्टर गाउँ भित्रिन थालेपपछि हलगोरु पनि विस्तारै हराउँदै गएका हुन् । बाजुराको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा , बडीमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह गाउँपालिका अधिकाशं ठाउँमा पछिल्लो समय गोरु विस्तारै हराउँदै गएका छन् ।

यहाँका गाउँ बस्तीमा पहिला घरमा देखिने गोरु अहिले छैन् । गाउँमा सडक पुगेपछि खाद्यान अपुग नहुनु तथा गाई गोरु पाल्न निकै अल्छी गर्नाले पछिल्लो समय यहाँका गाई भैसी राख्न बनाएका गोठ समेत खाली हुन थालेका छन् । गाई गोरु पाल्न छोडेपछि अहिले यहाँका अधिकाशं जमिन बाँझो हुँदै गएका छन् । यहाँका स्थानीय पनि कामको खोजीमा दैनिक भारतका विभिन्न ठाउँमा जाने गरेका छन् ।

यहाँका गाई गोठ मात्र खाली नभई अहिले घर समेत खाली हुन थालेका छन् । खेतीपाती लगाउँन छोडेर भारतको पैसाको महो लागेपछि यहाँका स्थानीयका घर पनि खाली हुँदै गएका हुन् । खप्तड छेडेदह गाउँपालिकाको माटेसाँगु,काँडा , जयवाग्यश्वरी, बुढीगङ्गा नगरपालिकाको जुवापानी तिमाडा , सेलापाखा, बाहुनगाउँ , सिगाडा र बाह्रविस लगायतका किसानले गाई गोरु पाल्ने र वर्खाको समय लेक औल तिर खरक हालेर जमिन महिलो पार्ने चलन थियो ।

अहिले यो चलन पनि विस्तारै हराउँदै गएको छ । गाई भैसी पालन गर्न छोडेर कामको लागि भारतमा जाने गरेपछि यो चलन पनि विस्तारै हराउँदै गएको हो । हाते ट्याक्टरले जोत्दा मदुइ इन्च जति जोतिन्ट । यता गोरुले कम्तीमा पनि आठ दश ईन्ची जमिन जोतिन्छ । यसरी जमिन जोतिएपछि खेती उत्पादन पनि बढी हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका नि.प्रमुख जसिराम साहनीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ पहिला गोरुले राम्रो सँग जमिन जोतेर अर्गानिक मल प्रयोग गरेर धेरै उत्पादन हुन्थयो । अहिले रासानिक मलको प्रयोग गरेर उत्पादन हुने गरेको छ । जति गोरुले जमिन राम्रो सँग जोतिने प्रयोगमा आउने गरेको छ । त्यति हाते ट्याक्टरले नहुने गरेको साहनीले बताउनुभयो ।
बाजुरामा २ लाख तीस हजार ३७ हेक्टर जमिन मध्ये २२ हजार हेक्टर मात्र खेति योग्य जमिन छ । यस मध्ये ६ हजार ९१५ हेक्टर जमिनमा धान खेती गरिन्छ ।

यसमा १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ । भने १.९ मे टन ÷ हेक्टर धान उत्पादकत्व हुने गरेको छ । त्यसै गरी यहाँ दश हजार ४६० हेक्टर जमिनमा गहुँ खेती गरिन्छ । यसमा १७ हजार ७८२ हेक्टर जमिनमा गहुँ उत्पादन हुन्छ । धान र गहुँको तुलनामा कोदो १५ प्रतिशतले मात्र उत्पादन हुने गरेको छ । बाजुरामा वर्ष भरीमा पाँच हजार २३५ हेक्टर जमिन मात्र सिँचाइ हुने गरेको नि. कार्यालय प्रमुख साहनीले बताउनुभयो ।

कमेन्टहरु