घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

गौमुलमा भिरबाट लडेर एक युवक गम्भीर घाइते

उमेश रोकाया
२०८२ बैशाख १४ | बिहान ०२:०१ बजे

बाजुरा , बैशाख १४ । गौमुल गाउपालिकामा भिरबाट लडेर एक युवक गम्भीर घाइते भएका छन । घाईते हुनेमा गाैमुल गाउपालिका वडा नम्बर ३ पातेका ३३ बर्षिया चन्द्र बहादुर धामी रहेका छन । उनी शनिबार दिउसाे जडीबुटी संकलन गर्ने क्रममा साझ ५ बजेतिर भीरबाट लडेर गम्भीर घाइते भएकाे पारिवारिक श्राेतले जनाएकाे छ ।

बाजुरा र बझाङ जिल्लाको सिमाना पर्ने घोडिलेखको मालिका भन्ने लेखमा जडिबुटी संकलन गर्ने क्रममा भिरबाट खसेर घाईते भएकाे परिवारिक श्राेतले जनाएको छ । घाईते भएका धामी जडीबुटी खोज्ने क्रममा भिर बाट चिप्लिएर घाईते भएकाे स्थानियले बताएका छन ।

गम्भीर घाइते अवस्थामा उनलाई संगै जडिबुटी संकलन गर्न गएका साथिहरू र स्थानिय बासिन्दाहरूको सहयोगम उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउन लागिएको जनाएकाे छ ।

जडीबुटी संकलनका क्रममा सुरक्षा उपायहरूको सावधानी नअपनाउदा यस्ता घटना बढि हुने गरेका छन ।

कमेन्टहरु