गैडाकोटको दमारबाट बुलिङटार जाँदै गरेको फोर्स जिपको छटबाट खसेर एकजना गम्भीर घाईते

नवलपुर टुडे
२०८२ बैशाख १३ | मध्यान्ह ०४:०१ बजे
कावासोती । कालिगण्डकी करिडोर अन्तर्गत गैडाकोट नगरपालिका-३ भोँक्रो फाँटस्थित दमारबाट बुलिङटार तर्फ जाँदै गरेको लु १ ज ४८०४ नम्बरको फोर्स जिपको छटबाट खसेर एक जना गम्भीर घाईते भएका छन । घाईते हुनेमा तनहुँ रिसिङ गाउँपालिका- ३ घर भई हाल पुर्वी नवलपरासी बुलिङटार गाउँपालिका-१ बुलिङटार बस्ने बर्ष २२ को मीन बहादुर रानाभाट रहेका छन ।
आज दिउँसो करिब ३ बजे फोर्स जिपको छटबाट खसेर घाईतेभएका रानाभाटलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर पठाएको छ । घाईतेको शरीरमा बाहिरी चोट नदेखिए पनि नाकबाट रगत बगेको, बोल्न नसक्ने अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । हाल सवारी साधन र चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा अनुसन्धान कार्य भई रहेको प्रहरीले बताए ।


















