धर्म–संस्कृति/रीतिथिति, मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

स्वामीकार्तिकमा बृहत लोक साँस्कृतिक उत्सव सुरु

उमेश रोकाया
२०८२ बैशाख १३ | मध्यान्ह ०४:०१ बजे

बाजुरा , बैशाख १३ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकामा बृहत लोक साँस्कृतिक उत्सव सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री मेघराज खड्काले उद्घाटन गर्नुभएको छ । “कलाको सम्मान सस्कृतिको पहिचान” भन्ने अभियान साथ आज स्वामीकार्तिक खापर गाउँपालिकामा साँस्कृतिक उत्सव सञ्चालन गरिएको छ ।

सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठान धनगढी कैलाली आयोजक रिता देवी जनएकता फाउन्डेसन नेपाल सह आयोजक स्वामीकार्तिक खापर गाउँपालिका सहकार्य र देउडा साँस्कृतिक संरक्षण प्रतिष्ठान शाखा बाजुराको सहयोग बृहत लोक साँस्कृतिक उत्सव एक कार्यक्रम बिच सुरु गरिएको छ ।

उद्घाटन कार्यक्रम अध्यक्षता स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री मेघराज खड्का बिशिस्ट अतिथि सुदूरपश्चिम प्रदेश माननीय जुना दानी, रीता देवा जनएकता फाउन्डेसन नेपालकि रिता शाही, नेपाली काङ्ग्रेस बाजुराका पाटी उपसभापति नारायण पाध्याय अतिथि उपाध्यक्ष सुलचना बुढा लगायत राजनीति दलका प्रतिनिधि स्थानीय बाक्लो उपस्थितिमा बृहत लोक साँस्कृतिक उत्सव सुरु गरिएको कार्यक्रम संचालक मानबहादुर रोकायाले बताउनुभयो ।

कमेन्टहरु