घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
अछामको साँफेबगर हाटबजारमा भीषण आगलागी, १० पसल जलेर नष्ट


अछाम । अछामको साँफेबगर नगरपालिकाको साँफे हाटबजारमा आज बिहान ४ः४५ बजे भीषण आगलागी हुँदा यहाँका १० वटा पसल जलेर नष्ट भएका छन् ।
हाट बजारमा रहेको सुवेच्छा ममसेन्टरमा विद्युत् सर्ट भई सल्किएको आगोले यहाँका अन्य १० वटा पसल पनि पूर्ण रुपमा जलेर नष्ट भएका हुन् ।
स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, परिचालन गरेर आगो नियन्तरण लिइसकेकाे जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक इश्वरी प्रशाद भण्डारीले बताउनुभयाे।
उहाँले भन्नुभयो, “ अहिले प्रमुख जिल्ला अधिकारी ज्यु सहितको टोली घटना स्थलमा जाँदै गरेकोले त्यहाँ के कती क्षति भएको हो भन्ने बारेमा केही जानकारी भएको छैन् । ”
अछाममा यती बेला आगलागीका घटना बड्दै गएका छन् । हामीले यसलाई रोक्थाम गर्नका लागि विभिन्न रेडियो पत्रपत्रिका अनन्लाईन मार्फत जनहितमा जारी सन्देश दिदै आएको भएपनि यी घटना हुन भने अँझै रोकिएका छैन ।
यो भन्दा पहिला पनि चैत २७ गते जयगढ बजारमा भीषण आगलागी भएको थियो । यहाँका स्थानीयको त्यो पीडा सहन गर्न नपाउँदै अहिले फेरि साँफे हाटबजारमा भीषण आगलागी भएको छ । यसले मानवीय क्षति केही नभएपनि पसलमा रहेकाे खाद्यान लुगाकपडा लगायत कराेडाै रुपियाँ भन्दाबढीकाे क्षति भएको भण्डारीले बताउनुभयो ।























