मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

सामाजिक विकास मन्त्री खड्का समसामयिक बुझ्न बाजुरामा

उमेश रोकाया
२०८२ बैशाख १२ | मध्यान्ह ०७:०१ बजे

बाजुरा , बैशाख १२ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री मेघराज खड्का बाजुरा पुग्नुभएको छ । बाजुराको समसामुयिक विषेशमा बुझ्न तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री खड्का पुग्नुभएको हो ।

मन्त्री खड्का बाजुरा पुगेपछी नेपाली काँग्रेस लगायत भातृ एबम् शुभेच्छुक संघ,संगठनहरुले भव्य स्वागत गरेको नेपाली काँग्रेस बाजुराका पार्टी उपभापती पदम बडुवाले बताएका छन् । उहाँलाई बाजागाजा सहित मुलमाल सहित खादा लगाएर जिल्लामा स्वागत गरिएको उपसभापती बडुवालले जानकारी दिएको छ । 

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितीका महामन्त्री समेत रहेका मन्त्री खड्का सामाजिक मन्त्री भईसकेपछी पहिलो पटक बाजुरा पुग्नु भएको हो । उहाँको जिल्लामा रहेका कार्यालयहरु संगको भेटघाट कार्यक्रम तथा जिल्ला अस्पताल बाजुरामा रहेको ब्लड बैंक उद्घाटन गर्नुहुने भएका हुन ।

कमेन्टहरु