नवलपरासीमा चितुवाको आक्रमणबाट ४ जना घाईते


नवलपरासी । पश्चिम नवलपरासीमा चितुवाको आक्रमणबाट ४ जना घाईते भएका छन । घाईते हुनेमा प्रतापपुर गाउँपालिका- ६ गुठिप्रसौनी बस्ने बर्ष ३६ को रघुबिर केवट, सोही स्थान बस्ने अन्दाजी बर्ष ३० का प्रेम कोईरी, बर्ष २८ को उमालाल कोईरी र सुस्ता गाउँपालिका- ५ बस्ने अन्दाजी २७ बर्षका महमद मियां रहेका छन ।
घाईते मध्ये रघुबिर केवटलाई टटुहवा पुल नजिक आफ्नै खेतबारीमा काम गर्नेक्रममा बिहान ९:२० बजे अचानक चितुवाले झम्तिदा ढाँड, अनुहार र टाउकोमा चोट लागेको छ । केवट लगायत अन्य घाईते तीन जना पनि सामान्य उपचार पश्चात दिउँसो घर फर्कि सकेको छन ।
घटना सम्बन्धी सुचना प्राप्त हुन साथ तत्काल प्रहरी चौकी गुठिप्रसौनीबाट प्रहरी सहायक निरीक्षक हरि कुँवरको कमाण्डामा प्रहरी टोली खटिगई बुझ्दै जादा थप तीन जना पनि चितुवाको आक्रमणबाट घाइते भएको र उपचारको लागि परासी तर्फ गएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायक उपरीक्षक वीर दत्त पन्तले जानकारी दिएको छ ।
सो पश्चात सुस्ता/प्रतापपुर सव डिभिजन वन कार्यालय बरुवाबाट कर्मचारीहरुको टोली र इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी नायव निरीक्षक खगेन्द्र नारायण पाण्डेयको कमाण्डमा प्रहरी टोली खटिगई चितुवाको खोजतलास र अन्य थप अनुसन्धान भईरहेको पन्तले बताए ।























