सशस्त्र प्रहरीकै गणपति खूम बहादुर केसीको आदेशमा खुल्लमखुल्ला तस्करी


बारा । नेपाल–भारत खुला सीमामा सशस्त्र प्रहरी खटाइएको मुख्य उद्देश्य हो तस्करी नियन्त्रण। तर, बाराको १२ नम्बर सशस्त्र प्रहरी गणका गणपति खूम बहादुर के.सी.कै आदेशमा मटियरवा र कवई गोठ नाकाबाट खुलेआम तस्करी भइरहेको सनसनीपूर्ण भिडियो सार्वजनिक भएको छ।
भिडियोमा स्पष्ट देखिन्छ—प्रहरी उपस्थित भए पनि भारतबाट नेपाली भित्र्याइने समानहरू बिना जाँच पार गरिँदै छन्। गाडीहरू सामानले भरिएर आउँछन्, रोक्ने कोही छैन। स्रोतहरू भन्छन्, “गाडी पार गर्नकै लागि ‘रेट’ तय गरिएको छ, त्यो पनि सशस्त्रकै संरक्षणमा।” गणको आदेशमा ‘सुरक्षा’ होइन ‘सहयोग’ तस्करीलाई!** स्थानीयवासी भन्छन्—”जसले तस्करी नियन्त्रण गर्नुपर्ने हो, उही नेताको आदेशमा तस्करी भइरहेको छ भने अब राष्ट्र सुरक्षित कसरी हुन्छ?” बाराका यी नाकाहरू तस्करीको खुला मार्ग बनेका छन्, जहाँ तस्करहरूभन्दा प्रहरीहरू बढी निश्चिन्त देखिन्छन्।

**अबको प्रश्न: गणपति के.सी.माथि कारबाही हुन्छ कि यो पनि ‘फाइलमै’ थन्किन्छ?
सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म यो घटनाले तरंग ल्याएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयबाट तत्काल छानबिनको माग हुँदैछ। यदि यस्ता उच्चपदस्थ अधिकृत नै तस्करीमा संलग्न छन् भने, यसले सिङ्गो सुरक्षातन्त्रको नांगो रूप उजागर गर्छ। यो सामान्य लापरवाही होइन—राष्ट्रिय गद्दारी हो ।
























