कृषि, पर्यटन, मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बुढिनन्दा महोत्सवमा गायक चक्र बमको प्रस्तुती रहने


बाजुरा , बैशाख १२ । प्रथम “बुढिनन्दा, कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२” को आठौं दिन बैशाख १२ गते शुक्रबार चर्चित गायक चक्र बम, उद्घोषक जितजङ्ग कट्टेल साँस्कृतिक संयोजक मनबहादुर रोकाया कार्यक्रम संयोजक महेश कार्की लगायत स्थानीय कलाकारका बेजोड प्रस्तुती रहने भएको छ ।
स्टुडियो मालाश्री प्रालि आयोजक बुढिनन्दा नगरपालिका सह-आयोजक र हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका सह-प्रबर्द्धनमा महोत्सव सुरु गर्न लागिएको हो । बुढिनन्दा थप प्रचार प्रसार गरी यहाँको पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउन महोत्सवको मुख्य उद्देश्य रहेको प्रथम बुढिनन्दा कृषि, पर्यटन तथा साँस्कृितक महोत्सव कार्यक्रम संयोजक महेश कार्कीले बताउनुभयो ।
महोत्सवमा स्थानीय साँस्कृतिक प्रदर्शनका साथै राष्ट्रिय तथा स्थानीय स्तरका सम्भाव्य कलाकारहरु चर्चित गायक चक्र बम लगायत स्थानीय कलाकारका बेजोड प्रस्तुती रहने भएको छ।
साँस्कृतिक बाजागाजा प्रदर्शनी स्थानीय तथा रैथाने बालीबाट बनेका विभिन्न स्थानीय खाजाका परिकार प्रदर्शनी हुनुका साथै स्थानीय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतिहरुको अवलोकन गर्न सकिने भएको कार्यक्रम संयोजक कार्कीले बताएका छन् । बैशाख १३ गते नवौं दिनमा शनिबार चर्चित गायिका जोती मगर बिजोर प्रस्तुति हुने भएको छ । स्टुडियो मालाश्री प्रालिको आयोजनामा बैशाख ५ गते सुरु भएको बैशाख १५ गतेसम्म बुढिनन्दा नगरपालिका कोल्टीमा महोत्सव आयोजना हुने जनाएको छ ।























