ठमेलको पुरातात्विक कमलपोखरी छाँयादेवी कम्प्लेसको अतिक्रमण पुनः स्थापनाको विषयक फोटो/भिडियो प्रदर्शन


काठमाडाैं । आदिवासी नेवाः राजनीतिक अभियानको आयोजनामा बुधबार साटोआकि इटो स्मृति भवन, कोपुण्डोल, ललितपुरमा “ठमेलको पुरातात्विक कमलपोखरी छाँयादेवी कम्प्लेसको अतिक्रमणमा पुनःस्थापनाको लागि संघर्ष” विषयक फोटोहरु र भिडियोहरु एक दिने प्रदर्शनमा गरियो ।
पूर्व–राजदूत तथा परराष्ट्र मामिला विज्ञ हिरण्यलाल श्रेष्ठ ज्यूको प्रमुख आथित्यता र सभाध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ (अध्यक्ष, आदिवासी नेवाः राजनीतिक अभियान)द्वारा गरिएकोमा “ठमेलको पुरातात्विक कमलपोखरी छाँयादेवी कम्प्लेसको अतिक्रमणमा पुनःस्थापनाको लागि संघर्ष” विषयक फोटोहरु र भिडियोहरु एक दिने प्रदर्शन गर्नुका साथै अन्तरक्रिया कार्यक्रम भएको छ ।
सो अभियानले ठमेलको कमलपाखरी पनःस्थापनाका लागि २०७५ सालदेखिका विविध सडक कार्यक्रमहरु, पत्रिकामा प्रकाशित समाचारहरु, उजुरी–निवेदनहरु, समर्थन सहितका प्रेस विज्ञप्तिहरु, ऐतिहासिक प्रमाणहरु, कानुनका बुदाँहरु, पाँच जना सांसदद्वारा संघीय सदन र बागमती प्रदेश सभामा ध्यानाकर्षणहरु, कार्टनहरु, पर्चाहरु फोटो प्रदर्शनीमा समेटिएको छ भने भिडियो प्रदर्शनीमा सो पुरातात्विक कमलपोखरी अतिक्रमणलाई लिएर विभिन्न मिडियाहरुमा संप्रेषण भैसकेका समाचार, अन्तर्वाता, खोज पत्रकारिताका कार्यक्रमहरुबाट छोटो छोटो क्लीपहरु बनाई प्रदर्शन गरिएको थियाे ।

अन्तरक्रिया कार्यक्रममा शाक्य सुरेन (कार्यक्रम संयोजक), अधिवत्ता जकाजी महर्जन, युवराज राई (उपाध्क्ष, संघीय आदिवासी जनजाति महासंघ–जसपा), किरण नरसिंह शाक्य (सचिव, साटोआकि इटो स्मृति भवन), जीत बहादुर लामा आदिवासी तामाङ्ग नेता), परशुराम तामाङ्ग (माओवादीका केन्दिय सदस्य, आदिवासी नेता), प्रा.शत्रुगन श्रेष्ठ, सदय शिलाकार आदिद्वारा मन्तब्यहरु राख्दै भन्नु भयो – “पुरातात्विक कमलपोखरी पुनःस्थापनामा सदा हाम्रो साथ समर्थन रहने र भुमाफियाहरु देश समाजका नै धमिरा भएकाले यिनीहरुलाई कानुनी सजाँय सर्वोच्च अदालतबाट दिन नै सामाजिक न्याय हो, होइन भने सामाजिक विद्रोह नै अर्को बाटो हुन जान्छ ।” “पर्यटकीय क्षेत्रमा सम्पदा कमलपोखरी मासिन बिडम्बना हो ।
हामीले सो ठमेलको पुरातात्विक कमलपोखरी मासेको स्थानमा कार्यक्रमहरु गरेपछि मलाई पटक पटक फोन गरेर लोभ्याउन कोसिस ग¥यो । अहिले प्रहरी प्रशासनले हाम्रो कार्यक्रम बीच बाटो मै रोक्ने गरेको छ ।”

सभाध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ “बुद्ध भनेको विद्रोही हो, जाति प्रथा, वर्ण ब्यवस्था, छुवाछट प्रथा लगायत विभेदहरुको विरोधमा । ठमेलको पुरातात्विक कमलपोखरी राष्टिय गौरवको सम्पदा भएकोले त्यो ठाउँलाई मास्न दिन हँदैन । छाँयादेवी कम्प्लेस भत्काउन नै पर्छ र फेरि कमलपाखरी सम्पदा बनाउनका लागि मास्नेहरुबाट नै क्षतिपर्ति गराउन नै पर्दछ ।”
प्रमुख अतिथि हिरण्यलाल श्रेष्ठ (पूर्व–राजदूत तथा परराष्ट्र मामिला विज्ञ) सो कार्यक्रमका सञ्चालक आदिवासी नेवाः राजनीतिक अभियानका सचिव प्रेमराज शिल्पकारले गरेको थियो ।























