घटना

कश्मीरमा मारिएका सुदीप न्यौपानेको पुर्वी नवलपरासीको त्रिवेणी घाटमा अन्त्येष्टि

नवलपुर टुडे
२०८२ बैशाख ११ | मध्यान्ह ०३:०१ बजे

पुर्वी नवलपरासी, वैशाख ११ । भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ । उनको आज (बिहीबार) पुर्वी नवलपरासीको त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको हो ।

आक्रमणमा मारिएका बुटवल–११, कालिकानगरका सुदीपको शव बिहीबार बिहानै गृहनगर ल्याइएको थियो । उनको शव श्रीनगरबाट दिल्ली हुँदै लखनऊ ल्याइएको थियो । लखनऊबाट सुनौली हुँदै बुटवल ल्याइएको हो ।

शवलाई केहीबेर निवासमा राखेपछि अन्त्येष्टिका लागि पुर्वी नवलपरासीको त्रिवेणीमा लगिएको थियो । सुदीप आमा, बहिनी र ज्वाइँसहित घुम्नका लागि कश्मीर गएका थिए ।

 

कमेन्टहरु