कोशी प्रदेश

समाचार लेख्ने पत्रकारलाई घुँडा धसाउने धरानका प्रमुख प्रशासकीय अधिकृतको चेतावनी

नवलपुर टुडे
२०८२ बैशाख ९ | मध्यान्ह ०८:०१ बजे

शिक्षा महाशाखाका अधिकृत गणेशप्रसाद खतिवडालाई नगर प्रमुख हर्क साम्पाङ्ले निलम्बन गर्ने भनी फेसबुकमा स्टाटस लेखेपछि त्यस सम्बन्धी समाचार लेखेको भनी अधिकृत चौलागाईले धम्की दिएका हुन् । कार्यालयमा काम गर्ने वातावरण नभएको बेला त्यस्तो समाचार लेखेको भन्दै उनले परिस्थिति नबुझी समाचार लेखेकाले अनलाइन बन्द गर्दिन्छु भनी धम्की दिएको हुन् ।

चौलागाईले समाचार लेखेकोमामुख्यमन्त्रीको कार्यालय अगाडि लगेर घुँडा धसाउने धम्कीदिएको पनिपत्रकार श्रेष्ठले बताइन् । चौलागाईले सञ्चार माध्यम र पत्रकार श्रेष्ठलाई दिएको धम्की प्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखाले पनि खेद व्यक्त गरेको छ । शाखा सचिव विनय बाराकोटीले विज्ञप्ति निकालेर चौलागाईंले दिएको अभिव्यक्तिले कानुनी शासनको उपहास भएको जनाएको छ ।  

यसैबीच, उच्च अदालत विराटनगरले शिक्षा महाशाखा प्रमुख गणेश खतिवडालाई काम गर्नु गराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । धरान नगर प्रमुख साम्पाङ्ले खतिवडालाई बिदामा बस्नु भनि गरेको पत्राचार उत्प्रेषणको आदेशद्वारा बदर गर्दै काम गर्नु गराउनु भनि अदालतले अन्तरिम आदेश जारी गरेको हो । साम्पाङले चैत २९ गते खतिवडालाई पूर्व अख्तियारी विनाबिदामा बस्न पत्राचार गरेका थिए ।

खतिवडाले नगर प्रमुख साम्पाङ्को उक्त पत्राचार विरुद्ध वैशाख ५ गते उच्च अदालत विराटनगरमा अन्तरिम आदेशको माग गरी रिट दायर गरेका थिए । न्यायधीशद्वय राजेन्द्र अधिकारी र सूर्यनाथ प्रकाश अधिकारीको संयुक्त ईजलासले अन्तरिम आदेश जारी गरेको हो ।

 

कमेन्टहरु