सुनसरी प्रहरीको ठुलो सफलता ३२३ केजी गाँजासहित १ जना पक्राउ

सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट लागू औषध ब्राउन सुगरसहित १ जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भोजपुर अरुण गाउंपालिका- ५ को वर्ष २६ को तेजेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ ।
भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको कार्कीको साथबाट २ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिएका कार्कीलाई सोधपुछ गर्ने क्रममा निजले चलाई ल्याएको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको YODDA PICK UP गाडी जिल्ला सुनसरी कोशी गाउँपालिका- १ लौकही बजार स्थितमा पार्किङ गरी राखेको बताएका थिए ।सुनसरी प्रहरीले उक्त गाडीलाई समेत खानतलासी गर्दा गाडी भित्र ११ वटा बोरामा प्याक गरिएको अवस्थामा ३२३.२१ किलोग्राम गाँजा फेला पारेका थिए ।
कार्की र गाडीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिनु भयो। जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी योगराज खतिवडाले भने, “हामी लागुऔषध कारोबार तथा अपराधमा संलग्न जो-कोहीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धताका साथ अगाडि बढिरहेका छौँ।” उनले थपे,’ नागरिकको सेवामा समर्पित भइ सुनसरीलाई सुरक्षित, अनुशासित र अपराधमुक्त बनाउने हाम्रो निरन्तर प्रयास जारी छ। डीएसपी खतिवडाले देखाएको सक्रियता र सफलता जिल्लावासीले पनि सराहना गरेका छन्।
सीमावर्ती गतिविधिको निगरानीदेखि अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्नमा डीएसपी खतिवडाले पुर्याएको योगदान सर्वत्र सराहनीय मानिएको छ। अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाइएको छ।























