देश

प्रधानमन्त्री देउवा र जापानी राजदूतबीच वालुवाटार भेटवार्ता

जगत ठाडा मगर
२०७८ साउन ७ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच वालुवाटारमा भेटवार्ता भएको छ ।

photo6327597969863453961

राजदूत किकुटाले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई एस्ट्रेजेनेका खोप उपलब्ध गरादिएकाले धन्‍यवाद ज्ञापन गर्दै राजदूत किकुटालाई मायाको चिनो (टोकन अफ लभ) प्रदान गरेका छन् ।

यसअघि जापानले नेपाललाई कोभ्याक्स कार्यक्रम मार्फत करिब १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको थियो । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

सोही खोपमध्येको १६ लाख डोज खोप नेपालले पाउन लागेको हो ।

कमेन्टहरु