दाङमा एक व्यक्तिले लिए गोली हानी आफ्नै ज्यान

नवलपुर टुडे
२०८२ बैशाख ८ | मध्यान्ह ०६:०१ बजे

दाङ । दाङमा एक व्यक्तिले आफैँले आफैँमाथि गोली चलाएका छन्। जिल्लाको तुलसीपुर उपमहानगरपालिका ६ को मोतीपुरका नारायण आचार्यले आफैँले आफैँलाई गोली चलाएका हुन्।
उनले आफ्नो घरमै भएको बन्दुकले आफैँमाथि गोली चलाएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रवक्ता तथा एसएसपी जनार्दन जीसी जानकारी दिए। ‘लाइन्सेन्सवाला बन्दुकले घरमै हुँदा आफैँलाई हानेको कुरा आएको छ,’ जीसीले भने, ‘उहाँको निधन भइसकेको छ।’
आचार्यले आफैँमाथि किन गोली चलाए भन्नेबारे खुलेको छैन। कारणबारे बुझ्ने प्रयत्न भइरहेको प्रहरीले जनाएको छ।























