राजनीति

सांसद वा मन्त्री बन्न नैतिकताले दिँदैन, राष्ट्रपति बन्ने ढोका खुला : पूर्वउपराष्ट्रपति पुन

नवलपुर टुडे
२०८२ बैशाख ६ | मध्यान्ह ०५:०१ बजे

राजनीतिमा सक्रिय हुनुको अर्थ सांसद वा मन्त्री बन्ने नभएको उनको भनाइ छ। राष्ट्रपति उपराष्ट्रपतिभन्दा माथिल्लो पद भएकाले पार्टीले जिम्मेवारी दिए जाने उनको तर्क थियो। उनले भने, ‘कम्युनिष्टहरूको पार्टीमा जिम्मेवारी बाँडफाँड कार्यविभाजनको कुरा मात्र हो, ठूलो कुरा होइन। मैले मेरो जिम्मेवारी त्यसरी नै बुझेँ। संवैधानिक रूपमा उपराष्ट्रपति दोस्रो पद हो। त्यो पदमा पुगेपछि फेरि किन सांसद वा मन्त्रीका लागि दौडने भन्ने कुरा उठ्छ, तर कम्युनिष्टहरूले त्यसरी बुझ्दैनन्। म त्यो पदमा पुगिसकेपछि सांसद वा मन्त्रीका लागि मरिहत्ते गर्ने मेरो लक्ष्य होइन,’ उनले भने।

राष्ट्रपति बन्ने विषयमा सोध्दा उनले जवाफ दिए, ‘राष्ट्रपति त मभन्दा माथिको पद भयो। भोलि पार्टीलाई माओवादीको कोटामा राष्ट्रपति पर्‍यो र माओवादीले तँ राष्ट्रपति हो भनेर निर्णय गरेर पठायो भने त्यो खुला छ। त्यसमा नैतिक हुन्छ, तर तल गएर सांसद, मन्त्री हुने कुरा नैतिक हुँदैन।’ पुनले पार्टीको सेवा गर्न राजनीतिमा फर्किएको दाबी गरेका छन्। 

कमेन्टहरु