अपराध

बुटवलमा महिलामाथि गोली प्रहार

नवलपुर टुडे
२०८२ बैशाख ६ | बिहान १०:०१ बजे

बुटवल । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ। शनिबार बिहान करिब साढे ९ बजे बुटवल–११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो।

क्षेत्रीको ढाडमा गोली लागेको बुटवल प्रहरीले जनाएको छ। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पाल्पाको रैनादेवि छहरा घर भई हाल बुटवल- ११ बुद्ध नगर बस्ने बिष्टमाथि गाेली प्रहार भएकाे र उनकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताए । 

घटनाबारे विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ।

कमेन्टहरु