कृषि, पर्यटन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बुढिनन्दा महोत्सवमा गायक कमल वि.सी. लगायतको प्रस्तुती रहने

उमेश रोकाया
२०८२ बैशाख ५ | मध्यान्ह ०८:०१ बजे

बाजुरा , बैशाख ५ । प्रथम “बुढिनन्दा, कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२” को दोस्रो दिन बैशाख ६ गते सनिवार चर्चित गायक कमल वि.सी. माइल्दाई गायक रमेश मल्ल, मन नेपाली, बाल गायक मिलन सुनार उद्घोषक जितजङ्ग कट्टेल र उद्घोषिका अनिता धामी साँस्कृतिक संयोजक मनबहादुर रोकाया कार्यक्रम संयोजक महेश कार्की लगायत स्थानीय कलाकारका बेजोड प्रस्तुती रहेने भएको छ ।

स्टुडियो मालाश्री प्रालिको आयोजनामा बैशाख ५ गते देखि १५ गतेसम्म बुढिनन्दा नगरपालिका कोल्टीमा महोत्सव आयोजना हुन् लागेको जनाएको छ । प्रथम बुढिनन्दा कृषि, पर्यटन तथा साँस्कृितक महोत्सव–२०८२ मा बुढिनन्दालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महोत्सवको आयोजना गर्न लागिएको छ ।

स्टुडियो मालाश्री प्रालि आयोजक बुढिनन्दा नगरपालिका सह-आयोजक र हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका सह-प्रबर्द्धनमा महोत्सव सुरु गर्न लागिएको हो । बुढिनन्दा थप प्रचार प्रसार गरी यहाँको पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउन महोत्सवको मुख्य उद्देश्य रहेको प्रथम बुढिनन्दा कृषि, पर्यटन तथा साँस्कृितक महोत्सव कार्यक्रम संयोजक महेश कार्कीले बताउनुभयो ।

महोत्सवका आकर्षणहरुमा स्थानीय साँस्कृतिक प्रदर्शनका साथै राष्ट्रिय तथा स्थानीय स्तरका सम्भाव्य कलाकारहरु चर्चित गायक कमल वि.सी. माइल्दाई गायक रमेश मल्ल, मन नेपाली, बाल गायक मिलन सुनार उद्घोषक जितजङ्ग कट्टेल र उद्घोषिका अनिता धामी साँस्कृतिक संयोजक मनबहादुर रोकाया कार्यक्रम संयोजक महेश कार्की लगायत स्थानीय कलाकारका दोस्रो दिनमा बेजोड प्रस्तुती गरिने भएको छ ।

साँस्कृतिक बाजागाजा प्रदर्शनी स्थानीय तथा रैथाने बालीबाट बनेका विभिन्न स्थानीय खाजाका परिकार प्रदर्शनी हुनुका साथै स्थानीय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतिहरुको अवलोकन गर्न सकिने भएको कार्यक्रम संयोजक कार्कीले बताएका छन् ।

कमेन्टहरु